लमजुङमा जिप दुर्घटना अपडेट : १५ जना घाइते , एकको अवस्था गम्भीर « Khabarhub

लमजुङमा जिप दुर्घटना अपडेट : १५ जना घाइते , एकको अवस्था गम्भीर


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेसीशहरबाट घनपोखरा भाचेतर्फ जादै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मस्र्याङ्दी गाउँपालिका २ का बर्ष ५३ की ईन्द्र देवी घलेलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।

घाइते हुनेहरुमा मस्र्याङ्दी २ का बर्ष ५२ का चित्र बहादुर गुरुङ, वडा नम्बर ६ का बर्ष २३ का मिलन विक, वर्ष २५ का करिना सुनार, बर्ष २ का रिजन विक, बर्ष २५ का सोमनाथ विक यस्तै मस्र्याङ्दी २ का बर्ष ५६ का सुन माया गुरुङ, बर्ष १९ का रेखा विक, बर्ष ३१ का बुद्धी बहादुर गुरुङ, बर्ष ७ का राजिप गुरुङ, बर्ष ३४ का शिव कुमारी गुरुङ ,बर्ष २ का रियन्स गुरुङ , बर्ष ३० की मनु विक , वर्ष ४ की कृतीका विक र बर्ष ३१ का शेष बहादुर गुरुङ रहेका छन् । घाइतेको अबस्था सामन्य भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

घटनास्थलमा स्थानीय, स्थानिय प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले घाईते भएका १५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याएको रेग्मीले बताए । जिप चालक मस्र्याङ्दी गाउँपालिका २ बस्ने बर्ष ३६ का अजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ९ : ३९ बजे

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको