समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङलाई « Khabarhub

समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङलाई


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेलमा सञ्चालन गरिएको समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुमेको छ । प्रथम र दोश्रो स्थानका लागि शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिकालाई पछि पार्दै बाम्राङ युवा क्लवले उपाधि चुमेको हो । बाम्राङ युवा क्लवले २ गोल गर्दा साकेलाले १ गोल मात्र फर्काएको थियो ।

समता फुटबल क्लवको आयोजनामा भएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने बाम्राङ युवा क्लवले नगद ५१ हजार १११ र दोश्रो स्थान प्राप्त गर्ने साकेला गाउँपालिकाले २७ हजार ७७७ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजेता र उपविजेता टिमलाई जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, जिल्ला खेदकुद विकास समितिका पुर्वअध्यक्ष महेश राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

जिल्लाका १७ टिमको सहभागीता रहेको प्रतियोगीतामा हलेसी फुटबल क्लवले तेश्रो स्थान प्राप्त गरेको छ । हलेसी फुटबल क्लवले शुक्रबार युवा जागरण क्लवलाई पछि पार्दै तेश्रो स्थान पक्का गरेको थियो । तेश्रो स्थान प्राप्त टिमलाई नगद १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए ।

प्रतियोगीतामा साकेला गाउँपालिकाका रामसुर राईले बेष्ट डिफेन्डर, बाम्राङ युवा क्लवका हरि खवासले हाइ स्कोरर, बाम्राङकै सुजन खवासले बेष्ट मिडफिल्डर, बाम्राङकै सुजन खड्काले बेष्ट गोलकिपर, साकेला गाउँपालिकाका प्रशान्त राईले बेष्ट फरवार्ड र साकेलाका जोर्डन राईले प्लेयर अफ टुर्नामेन्टको उपाधि जितेका छन् । प्रतियोगीता गत शनिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : १७ बजे

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ