संसदीय निर्वाचनपछि देश श्रीलंका बन्छ : सिपी गजुरेल « Khabarhub

संसदीय निर्वाचनपछि देश श्रीलंका बन्छ : सिपी गजुरेल


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेलले संसदीय निर्वाचन पछि नेपाल श्रीलंका हुने खतरा औँल्याएका छन्।

आइतबार सर्लाहीमा भएको भेलामा उनले संसदवादी व्यवस्थाले निर्वाचनको नाममा महँगी, भ्रष्टाचार र कालोबजारीलाई प्रश्रय दिएको दाबी गरे।

नेकपा बहुमतका केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलाले पनि संसदवादी दलहरूले देशलाई भड्खालोमा धकेल्दै गएको आरोप लगाए। ‘निर्वाचनमा भोट हालेर पठाएका नेताका कारण देशमा समृद्धि आउन सक्दैन,’ उनले भने, ‘भोट हालेर जिताएर देश लुट्न पठाउनुबाहेक केही छैन, त्यसैले आसन्न निर्वाचनलाइ बहिष्कार गरौं।’

संसदीय निर्वाचनमा सुकुम्बासीहरूलाई प्रयोग गर्ने र जितिसकेपछि वाचा भुलिदिने नेताको चरित्रप्रति प्रश्न उठाउँदै संयोजक बास्तोलाले उनीहरूले जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु भएको पनि जिकिर गरे।

अपराधमा मुछिएकाहरूसमेत संसदीय निर्वाचनमा खुलमखुल्ला होमिएको बताउँदै उनले यो जत्तिको घीनलाग्दो केही नभएको टिप्पणी गरे।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : ४० बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश