पूर्वीयुरोप र मध्ये एसियाका ४० लाख बालबालिका गरिबीमा : युनिसेफ « Khabarhub

पूर्वीयुरोप र मध्ये एसियाका ४० लाख बालबालिका गरिबीमा : युनिसेफ


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – युक्रेनमा रुसी हमलापछि उत्पन्न आर्थिक अवस्थाका कारण पूर्वीयुरोप र मध्यएसियाका ४० लाख बालबालिका गरिबीमा धकेलिएका राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ। युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक संकटको सबैभन्दा ठूलो बोझ बालबालिकाले वहन गरिरहेका छन्।

द्वन्द्व र बढ्दो मुद्रास्फीतिले पूर्वी युरोप र मध्य एसियाका थप ४० लाख बालबालिकालाई गरिबीतर्फ धकेलिएका छन्, यो सन् २०२१ यता १९ प्रतिशतले वृद्धि हो। निष्कर्षमा पुग्न युनिसेफले २२ देशका तथ्यांकहरूको अध्ययन गरेको थियो। फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनी र रुसी बालबालिका सबैभन्दा बढी प्रभावित छन्।

पश्चिमी प्रतिबन्धबाट रुसी अर्थतन्त्रमा परेको झट्काले यसको ठूलो जनसंख्यासँगै बाहिरी प्रभाव उत्पादन गर्न सक्छ। ‘युक्रेन गरिबीमा बाँचिरहेका ५ लाख अतिरिक्त  बालबालिकाको घर हो’, युनिसेफले भन्यो।

त्यस्तै युक्रेनपछि रोमानियामा १ लाख १० हजारभन्दा बढी बालबालिका गरिबीको चपेटामा परेको युनिसेफले जनाएको छ। युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, ‘यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन्। ’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : ०० बजे

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित

एजेन्सी– जापानमा विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी–कारिवा प्लान्टको

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा