बागी उम्मेदवारका कारण एमाले गठबन्धनका नेता चिन्तित « Khabarhub

बागी उम्मेदवारका कारण एमाले गठबन्धनका नेता चिन्तित


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा–मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिराहामा एमाले गठबन्धनलाई आफ्नै बागी उम्मेदवारहरू टाउको दुखाइ बनेको छ । सिराहाको ३ र ४ मा एमाले र जसपाका बागी उम्मेदवारहरूका कारण एमाले गठबन्धनका नेताहरू चिन्तित बनेका छन् ।

प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट राजकिशोर यादवले चुनाव जितेका थिए । यसपटक जसपाले उनलाई सिराहा २ मा पठाएर ४ मा वीरेन्द्र महतो उठेका छन् । वीरेन्द्र महतोविरुद्ध जसपा नेता राजकिशोर यादवका भाइ काशिन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेता यादव सिराहा २ मा चुनाव लडेपछि ४ मा आफ्नो भाइलाई स्वतन्त्र उठाएको जसपाका कार्यकर्ताहरूले आरोप लगाएका छन् ।

काशिन्द्र यादवलाई नेता यादवले उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि उनले मानेनन् । काशिन्द्रले आफू कुनै पार्टीमा आवद्ध नरहेको बताउँदै आएका छन् । कुनै पार्टीमा नभएका कारण स्वतन्त्र उम्मेदवारी दिएको उनी बताउँछन् । उनले लामो समयदेखि तराई मधेस राष्ट्रिय परिषदको संस्थापक भएर ‘स्वतन्त्र’ रूपमा सामाजिक अभियन्ताको  काम गर्दै आइरहेका छन् । 

सिराहा ३ ‘ख’मा एमाले गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार रेणु यादवविरुद्ध सिराहा नगरपालिकाका मेयर डा. विन यादवका भाइ डा. प्रवीनकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । डा.प्रविन एमाले सिराहाका  प्रभावशाली नेता हेमनारायण यादवका छोरा हुन् । पार्टीले उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।

सिराहा क्षेत्र नम्बर ३ ‘ख’ मा  गोपालप्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्रभन्दा पनि उनी आफूलाई एमालेको ‘बागी’ उम्मेदवार भन्न रुचाउँछन्। सिराहामा एमाले पार्टी निश्चित नेताहरूको इसारामा चल्ने गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए।

सिराहा ३ मा एमाले गठबन्धनबाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेका दुईजना बागी उम्मेदवार श्रेष्ठका लागि टाउको दुखाइको विषय बनेको छ । 

सिरहा २ (क) मा विजय यादव जसपा र एमालेको आधिकारिक उम्मेदवार हुन् । तर पार्टीबाटै उनीविरुद्ध दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाका नेता राजलाल यादव र रामपृत यादवले विजय यादवविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पनि सिराहा २ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा  सत्ता गठबन्धनको तर्फबाट माओवादीको आधिकारिक उम्मेदवार जीवन यादव छन् । ‘म नेपाल समाजवादी पार्टीमा छैन, सो पार्टीको केन्द्रीय समितिमा मेरो नाम जबर्जस्ती राखिएको छ । म पूर्ण स्वतन्त्र हुँ,’ स्वतन्त्र उम्मेदवार रामरिझन यादवले भने ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : २४ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको