नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट « Khabarhub

नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७ औँ प्रहरी दिवस कार्यक्रमका मुख्यमन्त्री भट्टले संघीय व्यवस्थाको प्राप्तिपछि बनेका नजिकका सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवा प्रवाहको अपेक्षा राखेकाले जनइच्छा पूरा गर्नमा कमीकमजोरी हुन दिन नहुने बताए ।

उनले भने, ‘प्राप्त संघीय व्यवस्था संस्थागत भइरहँदा सबैले आफूलाई रूपान्तरण गरी आम नागरिकका पक्षमा काम गर्न जरुरी छ ।’ आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले समाजमा अपराध रोकथाम गरी जनतालाई शान्तिसुरक्षा प्रदान गर्नमा नेपाल प्रहरीले गरिरहेको कामको प्रशंसा गरे।

उनले प्रदेशसभाले बनाएको प्रदेश प्रहरी ऐनबमोजिम आगामी दिनमा गठन हुने नयाँ सरकारले प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी निरीक्षक रणबहादुर चन्द, वकिल सिंह, नरपति भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्द, प्रहरी वरिष्ठ हवल्दार दिनेश नाथ, प्रहरी सहायक हवल्दार मीना रोकाया र प्रहरी जवान गीताकुमारी विष्टलाई उत्कृष्ट काम गरेबापत पुरस्कृत गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले समाजमा शान्ति सुव्यवस्था र अमनचयन गर्नमा प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सहभागीले अमर प्रहरी स्मारकमा पुष्पार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : १६ बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१