नेकपा एसका उम्मेदवार श्रेष्ठ कांग्रेसका नेता फकाउन व्यस्त « Khabarhub

नेकपा एसका उम्मेदवार श्रेष्ठ कांग्रेसका नेता फकाउन व्यस्त


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बारा- जनमत नै नभएको पार्टीबाट बारा-४ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ यतिबेला कांग्रेसका नेता फकाउनमा व्यस्त छन् । टिकट वितरणलाई लिएर असन्तुष्टि जनाउँदै आएको कांग्रेसले सहयोग नगर्ने देखेपछि श्रेष्ठले कांग्रेसका नेता फकाउन थालेका हुन् ।

आफ्नो समेत केही प्रतिशत लगानी रहेको सिमरास्थित होटल क्लासिकमा बोलाउँदै नेता श्रेष्ठले कांग्रेसका नेता कार्यकर्तालाई फकाइरहेका छन् । कांग्रेस नेतालाई फकाउने क्रममा श्रेष्ठले तनँहु-१ कांग्रेसका वरिष्ठ नेतालाई छोडेर बारा आएको बताउने गरेका छन् । तर, उक्त क्षेत्रमा वरिष्ठ नेता पौडेलले टिकट पाउने भएपछि उनी बारा आएका हुन् । नेता पौडेलले टिकट पाउने निश्चित हुँदा श्रेष्ठ उम्मेदवार हुन पाउने थिएनन् । 

तनहुँबाट टिकट नपाउने देखेपछि बारा-४ मा रोजेका श्रेष्ठलाई अहिले आफ्नो निर्णय भारी पर्न थालेको छ । नेकपा एसको कमजोर जनमत हुँदाहुँदै पनि ठुलो पार्टीलाई पन्छाएर टिकट हत्याउन सफल भएका श्रेष्ठ अहिले सबैको जनमत जुटाउन प्रयासरत छन् । 

तर, श्रेष्ठले कांग्रेसको मत भने प्राप्त गर्ने देखिँदैन् । यस क्षेत्रमा कांग्रेस बलियो र धेरै जनमत भएको पार्टी हो । बलियो जनमत हुँदाहुँदै पनि कांग्रेसले यस क्षेत्रमा टिकट प्राप्त गर्न सकेन । लगातारको निर्वाचनमा पार्टीले अवसर प्राप्त गर्न नसकेपछि यस क्षेत्रका कांग्रेस कार्यकर्ता रुष्ट छन् । 

स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले नगर प्रमुख पद माओवादी केन्द्रलाई सुम्पनु परेको थियो । कांग्रेसकै मतबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल नगर प्रमुखमा निर्वाचित हुँदा कांग्रेसकी उम्मेदवार मेघा शाही पराजित भएकी थिइन् । नगर प्रमुख निर्वाचित भएको आधार देखाएर माओवादी केन्द्रले यस निर्वाचनमा प्रदेशसभा ४ (क) तर्फको टिकट समेत प्राप्त गरेको छ ।

कांग्रेसलाई भर्‍याङ मात्रै बनाउँदा पार्टीको अस्तित्व समाप्त हुने देखेपछि कांग्रेसका अगुवा नेता इच्छाबहादुर वाग्ले र नारायणी रायमाझीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पार्टीका कार्यकर्ताको भावनामाथि निरन्तर प्रहार भएको भन्दै उम्मेदवारी दिएको बताउने रायमाझीले भने पार्टीमा उचित पद पाउने भएपछि चुनावी अभियानबाट पछि हटेकी छिन् । कार्यकर्ताको भावनाको कदर नभएको बताउने रायमाझीले अन्तिम समयमा पार्टीले पदीय जिम्मेवारी दिने भएपछि काठमाडौं गएर चुनावी अभियानबाट पछि हट्ने घोषणा गरेकी हुन् । 

स्वतन्त्र उम्मेदवारी दर्ता गराएका वाग्ले भने अझै चुनावी मैदानमा छन् । वाग्लेले चुनावी प्रचारलाई तीव्र पारेका छन् । आफ्नो उम्मेदवारी कांग्रेसलाई जीवन्त राख्न भएको वाग्लेको भनाइ छ । कांग्रेसको उम्मेदवार नै नभएको ठाँउमा आफ्नो उम्मेदवारी एउटा विकल्प भएको वाग्लेको भनाइ छ । वाग्लेको प्रचारमा दैनिक सयौँ कांग्रेस कार्यकर्ता र शुभेच्छुक सक्रिय देखिन्छन् । 

यता, केन्द्रीय शक्ति प्रयोग गरेर टिकट ल्याएका श्रेष्ठ भने वाग्लेको उम्मेदवारीले तनावमा छन् । उनले उम्मेदवारी फिर्ता गराउन प्रयास गरेपनि वाग्ले अडिग देखिएका छन् । वाग्लेले कांग्रेस कार्यकर्ताको भावनामाथि खेलबाड हुन नदिने बताइरहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : २२ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको