स्टिपलचेजमा कर्णालीका दुर्गालाई स्वर्ण पदक « Khabarhub

स्टिपलचेजमा कर्णालीका दुर्गालाई स्वर्ण पदक


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको स्टिपलचेजमा कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले स्वर्ण पदक जितेका छन् । 

सोमबार बिहान पोखरा रंगशालाको ट्रयाकमा भएको खेलमा निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै कर्णालीका लागि पहिलो स्वर्ण पदक जिते ।

यस्तै, एपिएफ क्लबका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डसहित रजत पदक जिते । निर्धारित दूरी पार गर्न त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेन्ड लगाएर कास्य जिते ।

भारतीय सेनामा आवद्ध दुर्गाले यसअघि भारतको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा उत्रिएको भन्दै तीन विभागीय टिम र गण्डकी प्रदेशले उनीविरुद्ध प्रोटेस्ट पनि हालेका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : २९ बजे

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा