‘साधनस्रोतका हिसाबले कर्णालीमा प्रहरी कमजोर छ’  « Khabarhub

‘साधनस्रोतका हिसाबले कर्णालीमा प्रहरी कमजोर छ’ 


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दैलेख– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा साधनस्रोतका हिसाबले प्रहरी कमजोर रहेको बताएका छन् । ६७औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखद्धारा आयोजित कार्यक्रममा मन्त्री शाहीले कर्णालीमा प्रहरीले सिमित साधनस्रोतका भरमा प्रभावकारी काम गरेको उल्लेख गरे । 

‘कर्णालीमा प्रहरीलाई प्रविधियुक्त र साधनस्रोत सम्पन्न बनाउनुपर्छ,’ मन्त्री शाहीले भने ‘थुप्रै प्रहरी विटलाई स्थायी बनाउन आवश्यक छ, तिनलाई प्रभावकारी बनाउन साधानस्रोत सम्पन्न बनाउनु छ ।’ मन्त्री शाहीले प्रहरीसँग प्रर्याप्त साधनस्रोत नै छैन्, कसरी काम गर्ने रु भन्दै प्रश्न गरे । 

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समाजमा सुरक्षा चुनौती बढिरहेको बताउँदै प्रहरी थप सचेत, सबल र सक्षम हुनुपर्नेमा जोड दिए । प्रहरीले व्यवसायिकता प्रर्दशन गर्नुपर्ने उनको भनाइ छ ।

दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले सामाजिक विकृति, विसंगती, अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले थुप्रै प्रयास गरेको बताए । उनले प्रहरीले गत आर्थिक वर्षमा समुदाय प्रहरी साझेदारी अन्तरगर्त एक हजार ७२ कार्यक्रम गरिएको बताए ।

प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वरप्रसाद साह पुरस्कृत भएका छन् । प्रदेशमै उत्कृष्ट कार्य गरेको भन्दै डिएसपी साह पुरस्कृत भएका हुन् ।कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले डिएसपी साहलाई पुरस्कार प्रदान गरेका छन् ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेख मातहतका प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको छ । उक्त अवसरमा सोसेक नेपाल सम्मानित भएको छ । दैलेख जिल्लामा घटेका बाल विवाह, बहुविवाह, घरेलु हिंसा, जबरजस्ती करणी, बाल यौन दुरुपयोग, पीडित महिला, बालबालिकाका लागि तत्काल निशुल्क कानूनी परामर्श, पुनर्स्थापनामा सहयोग पुर्‍याएको भन्दै प्रहरीले संस्थालाई कदरपत्रसहित सम्मान गरेको हो ।

त्यसैगरी, प्रहरी चौकी लालीकाँडाको भवन निर्माणका लागि पाँच रोपनी जग्गा प्रदान गर्ने महेन्द्रबहादुर डांगी र जग्गा प्राप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीलाई सम्मान गरिएको छ । अमर प्रहरीका परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ४१ बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१