अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने « Khabarhub

अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– मौलिक लोक संस्कृतिको पहिचान, नवप्रतिभाको प्रोत्साहन, स्रष्टालाई सम्मान’ भन्ने मूल नाराका साथ लक्की मिडियाले ‘लक्की अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता’ कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा चितवनसहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने लक्ष्य राखिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की लक्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ५० भन्दा बढी विद्यालयको सहभागिता गराइने छ ।

२५ र २६ कात्तिकमा दुई दिन हुने कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहने कार्कीले बताए । प्रतियोगिताका लागि आवश्यक तयारी सुरु भएको बताउँदै उनले सहभागी हुन चाहने विद्यालयले लक्की मिडिया हाउसमा सम्पर्क गर्न आग्रह गरे ।

लोक, मौलिक, कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि आयोजना गरिएको नृत्य प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत नेपाली लोक, मौलिक संस्कृति झल्किने खालको हुनुपर्ने छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : १६ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश