अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने « Khabarhub

अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– मौलिक लोक संस्कृतिको पहिचान, नवप्रतिभाको प्रोत्साहन, स्रष्टालाई सम्मान’ भन्ने मूल नाराका साथ लक्की मिडियाले ‘लक्की अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता’ कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा चितवनसहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने लक्ष्य राखिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की लक्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ५० भन्दा बढी विद्यालयको सहभागिता गराइने छ ।

२५ र २६ कात्तिकमा दुई दिन हुने कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहने कार्कीले बताए । प्रतियोगिताका लागि आवश्यक तयारी सुरु भएको बताउँदै उनले सहभागी हुन चाहने विद्यालयले लक्की मिडिया हाउसमा सम्पर्क गर्न आग्रह गरे ।

लोक, मौलिक, कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि आयोजना गरिएको नृत्य प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत नेपाली लोक, मौलिक संस्कृति झल्किने खालको हुनुपर्ने छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : १६ बजे

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक