दिल्लीको कन्या क्याम्पसमा आयोजित कार्यक्रममा पुरुष ‘विद्यार्थी’ को समूह जबरजस्ती घुसेपछि… « Khabarhub

दिल्लीको कन्या क्याम्पसमा आयोजित कार्यक्रममा पुरुष ‘विद्यार्थी’ को समूह जबरजस्ती घुसेपछि…


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानी दिल्लीस्थित एउटा कन्या क्याम्पसमा आयोजित कार्यक्रममा पुरुष ‘विद्यार्थी’ हरु जबरजस्ती प्रवेश गरेको घटना सार्वजनिक भएको छ ।

दिल्लीमा रहेको मिरान्डा हाउस कलेजमा दिवालीको अवसरमा आयोजित एक कार्यक्रम हेर्न मानिसहरु पर्खाल चढेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

भिडियोमा मानिसहरु पर्खाल नाघेर कलेजको हाताभित्र प्रवेश गरेको र छात्राहरुलाई जिस्क्याएको र दुव्र्यवहार गरेको घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको हो । यस कलेज प्रतिष्ठित दिल्ली विश्वविद्यालय नजिकै अवस्थित रहेको जनाइएको छ ।

प्रहरीले ‘अज्ञात विद्यार्थी’ विरुद्ध उजुरी दर्ता गरेको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा सुरक्षा गार्डकै सामुन्ने पुरुषहरुको समूहले चिच्याएर केटी जिस्क्याएको देख्न सकिन्छ ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मलिवालले दिल्ली प्रहरीका डीसीपी र कलेजकी प्राध्यापकलाई पत्र लेख्दै घटनाबारे थप जानकारी माग गरिएको जनाएकी छिन् ।

प्राध्यापकले हरेक वर्ष यस्तो किसिमको कार्यक्रमको आयोजना हुने गरेको भएपनि ठूलो स्तरमा कहिल्यै कार्यक्रम आयोजना नगरिएको जनाएकी छिन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : २९ बजे

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक