दिल्लीको कन्या क्याम्पसमा आयोजित कार्यक्रममा पुरुष ‘विद्यार्थी’ को समूह जबरजस्ती घुसेपछि… « Khabarhub

दिल्लीको कन्या क्याम्पसमा आयोजित कार्यक्रममा पुरुष ‘विद्यार्थी’ को समूह जबरजस्ती घुसेपछि…


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानी दिल्लीस्थित एउटा कन्या क्याम्पसमा आयोजित कार्यक्रममा पुरुष ‘विद्यार्थी’ हरु जबरजस्ती प्रवेश गरेको घटना सार्वजनिक भएको छ ।

दिल्लीमा रहेको मिरान्डा हाउस कलेजमा दिवालीको अवसरमा आयोजित एक कार्यक्रम हेर्न मानिसहरु पर्खाल चढेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

भिडियोमा मानिसहरु पर्खाल नाघेर कलेजको हाताभित्र प्रवेश गरेको र छात्राहरुलाई जिस्क्याएको र दुव्र्यवहार गरेको घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको हो । यस कलेज प्रतिष्ठित दिल्ली विश्वविद्यालय नजिकै अवस्थित रहेको जनाइएको छ ।

प्रहरीले ‘अज्ञात विद्यार्थी’ विरुद्ध उजुरी दर्ता गरेको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा सुरक्षा गार्डकै सामुन्ने पुरुषहरुको समूहले चिच्याएर केटी जिस्क्याएको देख्न सकिन्छ ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मलिवालले दिल्ली प्रहरीका डीसीपी र कलेजकी प्राध्यापकलाई पत्र लेख्दै घटनाबारे थप जानकारी माग गरिएको जनाएकी छिन् ।

प्राध्यापकले हरेक वर्ष यस्तो किसिमको कार्यक्रमको आयोजना हुने गरेको भएपनि ठूलो स्तरमा कहिल्यै कार्यक्रम आयोजना नगरिएको जनाएकी छिन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : २९ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय