धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता : प्रवक्ता महत  « Khabarhub

धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता : प्रवक्ता महत 


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको बताए ।

सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले बागी उम्मेदवारहरूलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न आग्रह गरे । 

प्रवक्ता महतले गठबन्धनले मुलुकलाई ठुलो दुर्घटना हुनबाट जोगाएर संविधान र व्यवस्थामाथिको जोखिमलाई ट्रयाकमा ल्याएको दाबी गरे । उनले कांग्रेसले अन्य दलहरूले जस्तो धेरै बोल्ने, तर काम नगर्ने चरित्र नअपनाएको भन्दै कांग्रेस नेतृत्वको गठबन्धनलाई जनताले आफ्नो विश्वासको मत दिनेमा ढुक्क रहेको बताए ।

उनले वर्तमान सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने अवस्था सिर्जना गरेको दाबी गरे ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : ०५ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र