लुम्बिनीमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने « Khabarhub

लुम्बिनीमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने बताएका छन् । प्रदेशमा प्रहरी ऐन पारित भइसकेकाले छिट्टै प्रहरी संरचना तयार गरिने बताए ।

उनले सङ्घात्मक व्यवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरी सङ्गठन निर्माण गरी सङ्घ र प्रदेशलाई शान्ति, अमनचयन कायम गर्नका लागि ऐन पास भइसकेकाले अब सरकारले संरचनागत विकास गर्ने बताए ।  ६७ औँ नेपाल प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री केसीले प्रहरीलाई नागरिकको शान्ति, सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानमा कर्तव्यनिष्ट भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रहरीलाई जनताको सहाराका रूपमा उभिन आग्रह गरे । उनले प्रदेशमा प्रहरी ऐन आइसकेकाले त्यसलाई अब कार्यान्वयनमा लैजानाका लागि सरकार प्रतिबद्ध रहेको भनाइ राखे । त्यस अवसरमा लुम्बिनीका प्रदेश प्रहरी प्रमुख नलप्रसाद अधिकारीले मातहतका प्रहरी अधिकारीलाई सङ्गठगनले दिएको जिम्मेवारीमा निस्वार्थभावले काम गर्न निर्देशन गरे ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ०९ बजे

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका