विश्व इतिहासमा आजः भूमध्य सागरलाई जोड्न नहर निर्माणदेखि भेलभेट क्रान्तिसम्म « Khabarhub

विश्व इतिहासमा आजः भूमध्य सागरलाई जोड्न नहर निर्माणदेखि भेलभेट क्रान्तिसम्म


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज १७ नोभेम्बर। प्रस्तुत विश्व इतिहासमा आज भएका केही घटनाः

१९८९ को भेलभेट क्रान्ति

वर्लिनको पर्खाल ढलेको एक सातापछि चेक गणतन्त्रको राजधानी प्रेगमा विद्यार्थीहरुले विशाल प्रदर्शन गरेका थिए।

अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको स्मरणमा गरिएको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो। सोही हस्तक्षेपको विरोधमा भएको देशव्यापी हामहड्तालपछि पूर्व चेकोस्लाभियामा कम्युनिस्ट ढलेको थियो र ४१ वर्षपछि देशमा पहिलो प्रजातान्त्रिक निर्वाचनका लागि ढोका खोलेको थियो।

विद्यार्थीको क्रान्ति

सन् १९७३ मा एथेन्स पोलिटेक्निक क्रान्ति भएको थियो। एथेन्समा तत्कालिन सेनाको जुन्ता सरकारविरुद्ध सन् १९७३ को १४ नोभेम्बरमा पोलिटेक्निक क्याम्पसका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए।

१७ नोभेम्बरमा ट्यांकसहित क्याम्पस पुगेको सेनाले अन्धाधुन्दा लाठी प्रहार गरेको थियो। सो क्रान्तिको स्मरणमा अहिले पनि हरेक नोभेम्बर १७ मा ग्रीसका सम्पूर्ण विद्यालय र क्याम्पस बन्द हुन्छन्।

सुज नहर निर्माण सम्पन्न

युरोप र एसियालाई जोड्ने स्युज नहरको निर्माण कार्य सन् १८६९ मा सम्पन्न भएको थियो। रेड सी र भूमध्य सागरलाई जोड्ने सो नहर निर्माण गर्न १० वर्ष लागेको थियो।

रिचार्ड निक्सनको दाबी

वाटरगेट कान्डका सन्र्दभमा सन् १९७३ मा तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सले पत्रकार सम्मेलन आयोजना गरेका थिए। निक्सनले आफूले बदमासी नगरेको बताएका थिए।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ६ : १८ बजे

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर