डेढ करोड रुपैयाँ बराबरको अवैध बरामद « Khabarhub

डेढ करोड रुपैयाँ बराबरको अवैध बरामद


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रसुवा – सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले करिब डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

भन्सार छली सीमा इलाकाको अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहीबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो।

अवैध रुपले चोरीपैठारी गरी ल्याइएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक गुरुङ कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो।

बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ। निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमानाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ११ : १९ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको