डोटीमा प्रेम आलेले जित्ने विश्वास  « Khabarhub

डोटीमा प्रेम आलेले जित्ने विश्वास 


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दिपायल– कांग्रेसले विशेष जिम्मेवारीसहित डोटी खटाइएका पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टले डोटीमा सत्ता गठबन्धनका उम्मेदवारको जित्ने विश्वास रहेको बताएका छन् । बिहीबार डोटीको जोरायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनको जित आवश्यक भएकाले डोटीमा गठबन्धनका उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे । 

‘विशेष परिस्थितिमा गठबन्धन बनेको हो। मुलुक अप्ठ्यारोमा गएको समयमा कांग्रेसलाई सत्तामा पुगाएर स्थिरता ल्याउन गठबन्धनका साझा उम्मेदवार प्रेम आलेजीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ,’ उनले भने, ‘कांग्रेस सत्तामा पुगेको कारण शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। अब आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि सम्पन्न हुँदै छ,’ नेता विष्टले बताए।

गठबन्धनले जिते फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र डोटीबाट गठबन्धनका उम्मेदवारलाई विजयी गराए विकास निर्माणका लागि आफूहरूले पनि दवाव दिनसक्ने विष्टले बताए।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  २ : ५० बजे

तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई