विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारियो : रवि लामिछाने « Khabarhub

विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारियो : रवि लामिछाने


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवि लामिछानेले विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारिएको बताएका छन् । बिहीबार चितवनमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित गरेर राखिएको छ । हामीले जितेपछि तपाईंहरुको भोट हाल्ने अधिकार सुनिश्चित गर्न कानून बनाउनेछौं,’ उनले भने ।

उम्मेदवार लामिछानेले विदेशबाट फर्किएका नेपाली नागरिकलाई देश फर्किँदा भिभिआइपी प्रमाणपत्र दिएर सम्मानका साथ एयरपोर्टमा आफैं रिसिभ गर्न आउनेसमेत बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : १२ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको