देउवाले गगनलाई भावी प्रधानमन्त्री भन्दा केही बिग्रिँदैन | Khabarhub Khabarhub

देउवाले गगनलाई भावी प्रधानमन्त्री भन्दा केही बिग्रिँदैन

‘प्रचण्डले प्रधानमन्त्री नपाए गठबन्धन छोड्न सक्छन’


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपति समक्ष प्रतिवेदन पेस गरेपछि सरकार बनाउने क्रममा रस्साकस्सी चलिरहेको छ । गठबन्धनबाट प्रधानमन्त्री देउवा फेरी पनि दोहोरिन चाहन्छन् भने गठबन्धनकै अर्को घटक पुष्पकमल दाहाल यति बेला पहिलो चरणमा नै आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयासमा लागि रहेका छन् । गठबन्धनबाट नभए अर्को विकल्पका रूपमा नेकपा एमालेले फकाई रहको कुराहरू पनि सार्वजनिक भइरहेका छन् । यसै विषयमा आधारित भएर राजनीतिक विश्लेषक जैनेन्द्र जीवनसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

पौष १ मा २०१७ मा प्रधानमन्त्रीलाई जेलमा राखिएको थियो यो दिनलाई हामीले कसरी सम्झिने ?
पौष १ भनेको लोकतन्त्रको इतिहासमा कालो धब्बा हो । पहिलो पटक जनको छोरो प्रधानमन्त्री भएको थियो नराम्रो काम गरेको पनि थिएन त्यो सरकारले राणाको शासन गरेको बेलामा राम्रो र छिटो काम भएको थियो । अन्तर्राष्ट्रिय रूपमा नेपाललाई चिनाउने, सगरमाथालाई नेपालमा समेटिएको थियो तर राजा महेन्द्रले प्रजातन्त्रलाई हरण गर्नु भयो र इतिहासले त्यसलाई कालो धब्बा भनेको छ ।

पञ्चायती व्यवस्था र अहिलेको यो विधेयकलाई एउटै भनेर मान्छेहरूले तुलना गर्न थालेका छन् नि ?
लोकतन्त्रमा जनतालाई सुविधा दिने गर्नु पर्दथ्यो । तर उनीहरू सत्ताको लोभी भए । त्यसैले आम जनमानसले यो मन पराउन छाडे । त्यसैले अहिलेका राजनीतिक दलहरूले आफूलाई सुधार्नु पर्दछ । यदि अझै पनि आफूलाई नसुधारे लोकतन्त्र प्रति मान्छेको वितृष्णा बढ्दै जान्छ । यो राम्रो हैन ।

यो अवस्थामा अध्यादेश ल्याउनु पर्ने कारण के हो ?
सरकार गठनको लागि नै हो यो तानतुन । यताबाट पो बहुमत पुग्छ कि भन्ने होला । यसमा के गर्न सकिन्छ त्यो गर्नु पर्दछ, संसद् बसेर छलफल गरेर कानुन र ऐन बनाएर गर्नु पर्दछ । तर अध्यादेश ल्याएर त्यसको समाधान हुँदैन । संसद् बस्दै छ, त्यसलाई छलेर अध्यादेश ल्याउनु असंवैधानिक हो ।

यो अध्यादेश ल्याएर राजनीतिक स्वार्थ कसले लिन खोज्दै छ ?
सत्ता गठबन्धन वा जोसले यो लिएर आउँदै छ त्यो नै यसको भागीदार हुन्छ । नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका युवा शक्तिलाई जोस जाँगर र ऊर्जा दिएर उनीहरूलाई लिए त बहुमत पुग्थ्यो । उहाँहरूलाई पुरानो नै र फोहोरी राजनीति नै खोजेको जस्तो लाग्छ मलाई ।

सबै दलका नेताहरू सिटका लागि परिका छन्, बालुवाटारमा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी जानु भयो र यसलाई राष्ट्रपति पदकै लागि किन भनियो ?
पहिला गुमनाम भएर बसेको मान्छे अहिले यो समयमा किन जानु भयो त । देउवालाई ५ मिनेट त समय दिने फुर्सद छैन । जनताको र पीडितको पक्षमा फैसला गर्नु नै लोकतन्त्र हो । सरकारको कुरा सुनेर जे भन्यो त्यही गर्ने हैन । सरकारलाई खुसी बनाउन सकियो भने भोलि केही पाइन्छ भन्ने प्रवृत्ति हाम्रो छ ।

खिलराज रेग्मीलाई कसले चाहेको हो त ?
सेरबहादुर को नजिकबाट आएको जस्तो देखिन्छ । बाह्य शक्तिको सहयोग बाट पनि आएको हुन सक्छ । जताबाट हेर्दा पनि उहाँ राम्रो देखिँदैन ।

सभामुख र राष्ट्रपतिको पदलाई व्यवस्थापन राजनीतिक दलहरूले सुझबुझका साथ गरेका छन् कि अर्काको भरमा आफू प्रयोग हुन खोजेका छन् त ?
राष्ट्रपति पदलाई दलहरूले दुरुपयोग गर्न मिल्दैनथ्यो । तर राष्ट्रपतिले पहिला २ पटक संसद् विघटन गर्नु भयो । त्यसमा एउटालाई रोकेको भए सबैले राम्रो देख्थे । त्यसो नभएको कारणले केपीले भनेको मान्ने भनेका छन् । राष्ट्रपतिले कहिले पनि दलगत रूपमा काम गर्नु हुँदैन । निष्पक्ष भएर काम गर्नु हुँदैन । त्यसमा राष्ट्रपति त्यो पदको चिरहरण नै गर्नु भयो ।

अबको नेतृत्व कसले गर्लान त ?

यो कांग्रेस र एमाले कहिले मिल्दैनन् । यिनीहरूले अर्को दलको समर्थनमा सरकार बनाउँछन् । साना दलहरूको पनि बार्गेनिङ हुन्छ । सत्तामा जान अस्थिरताको राजनीति चलाउँछन् । ओलीले आफू प्रधानमन्त्री नहुने भएपछि प्रचण्डलाई हामी प्रधानमन्त्री दिन्छौँ भनेर भनेका छन् भने प्रचण्डले खुट्टो उचालेर जान बेर लाउँदैनन् ।

कांग्रेस भित्र संसदीय दलको नेता फेर्ने भएको कसरत सजिलो छ त ?
यो समयको माग हो नेपाली कांग्रेस वृत्त भित्रबाट र जनस्तरबाट अगाडि छ । देउवा जनस्तरमा अलोकप्रिय मान्छे, पार्टीभित्र लोकप्रिय छन् । उसको निर्वाचन क्षेत्रमा जसरी नै जिताउँछन् । त्यसैले देउवाले छोड्दैनन् पार्टी भित्र कैले उसलाई छाड्न दिँदैनन् । गगन थापाले पनि शेरबहादुरसँग लडेर पराजित हुन्छु कि भन्ने हो । उनले लड्नु पनि पर्दछ । मन्त्री भएर बसे भने उनको भविष्य राम्रो हुँदैन । किनभने उहाँ राम्रो सक्षम व्यक्ति हो र ? देउवाले पनि म भन्दा पछाडिको प्रधानमन्त्री गगन हो भनेर भन्दा केही बिग्रँदैन ।

देउवाले अब सत्ता छोड्लान् त ?
सहजै छोड्दैनन् । तर छोडे भने आम जनमानसमा इज्जत बढ्छ । काम नै गर्न नसकेर थला परे भने छुट्टै हो नत्र छोड्दैनन् ।

व्यवस्थापन गर्ने क्रममा यो अवस्था सर्बसम्मत हुन्छ कि ?
चुनाव हुन्छ होला । चुनाव नहुन गगन थापाले छाड्नु पर्‍यो, रामचन्द्रले पनि सिट बुझाउनु हुन्छ ।

नेकपा एसको अवस्था के देख्नु हुन्छ ?
यो गठबन्धनको कारणले यति १० सिट पाएको हो । त्यसैले तत्काल उहाँहरूले गठबन्धन छोड्नु हुन्न ।

पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना छ ?
अहिले त्यो देखिँदैन । उहाँलाई जसरी भए पनि पद चाहिन्छ । यदि पद न पाए उनले गठबन्धन छोड्न सक्छन् । अर्कोबाट प्रधानमन्त्री हुने बाटो खोज्नु भयो भने उहाँ टिकी रहनु होला जस्तो मलाई लाग्दैन ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १ : ३६ बजे

टर्की र नेदरल्याण्ड युरो कपको क्वाटरफाइनल प्रवेश

काठमाडौं – टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार १९ गते बुधबार तदनुसार

आज २०८१ साल असार १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १९ गते बुधबार तदनुसार

मनसुन अलर्ट : आज राति केही प्रदेशमा भारी वर्षा सम्भावना

काठमाडौं– आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई

‘इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो’

एजेन्सी– इजराइली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा गत अक्टोबरदेखि