पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा « Khabarhub

पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्वनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारी नियम उलङ्घन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै कारवाही पर्नेमा एक जना ४४ पटक त्यसपछि क्रमशः एक जना ३५ पटक, तीन जना २४ पटक, एक जना १४ पटक, सात जना १२ पटक, दुई जना सात पटक, र ४५ जना छ पटक पक्राउ परेका सवारी चालक रहेका छन् ।

पक्राउ परेकाले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको प्रवक्ता भट्टले बताए । ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै सवारी दुर्घटना बढी हुने गरेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १२ : १४ बजे

झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा

औषधी विभागद्वारा प्रदेश स्तरमा औषधि पसल सञ्चालन सम्बन्धी निर्देशन जारी

काठमाडौं– औषधि व्यवस्था विभागले प्रदेश स्तरमा सञ्चालन हुने फार्मेसी (औषधि)

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट एक युवती पक्राउ

झापा – भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६

संयुक्त राष्ट्रसङ्घद्वारा राफाह सीमा नाका पुन : खोल्ने निर्णयको स्वागत

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय कानून अनुसार नागरिकहरूलाई स्वेच्छाले सुरक्षित

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै