‘पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउँछौँ’ | Khabarhub Khabarhub

जुम्लाका युवा सांसदको एउटै स्वरः

‘पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउँछौँ’

काठमाडौँमा जुम्लाका नवनिर्वाचित सांसदलाई बधाई तथा छलफल कार्यक्रम


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जुम्लाका युवा सांसद्ले पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउने घोषणा गरेका छन् । काठमाडौँमा जुम्लाका नागरिक समाजले आयोजना गरेको बधाईज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जुम्लाबाट निर्वाचित युवा सांसदद्धय ज्ञानेन्द्र शाही र विनिता कठायतले जुम्लाको अगाडि सँधै लागिरहने दुर्गम जिल्लाको ‘ट्याग’ पाँच वर्षमा हटाउने घोषणा गरेका हुन् ।

यसका लागि आफूहरुले मेहनतका साथ काम र पहल गर्ने पनि उनीहरुको भनाई छ । जुम्ला र कर्णालीका सबै नागरिकको साथ पाएको खण्डमा कर्णाली तथा जुम्लालाई सभ्यताको प्रदेश तथा जिल्ला बनाउने भन्दै दुर्गम जिल्लाका रुपमा सँधै पछाडि पार्ने विभेद अब स्वीकार्य नहुने उनीहरुको चेतावनी छ ।

‘कर्णाली र जुम्ला सभ्यता हुन् । भाषा र संस्कृतिका सभ्यता हुन् । यिनको संरक्षण जरुरी छ’ कार्यक्रममा प्रतिनिधिसभा सांसद बनेका शाहीले भने, ‘अब कर्णाली दुर्गम हो । जुम्ला झन् दुर्गम मात्रै हो भन्ने शब्द राखिरहनु हुँदैन । पाँच वर्षमा तपाईहरु सबैको साथ भयो भने जुम्लाको अगाडि लागिरहने दुर्गम ‘ट्याग’ हटाउनेछौँ ।’

शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित जुम्लाका सांसद हुन् भने कठायत राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

कार्यक्रममा युवा सांसद विनिता कठायतले अब दलीय राजनीतिक र संरक्षण भन्दा साझा प्रतिनिधि भएर जुम्लाको विकासको लागि काम गर्नुपर्ने बताइन् । जुम्लालाई सँधै दुर्गम बनाइराख्ने भन्दा पाँच वर्षमा विकासको नयाँ मोडल पेश गर्ने गरि काम गर्नका लागि उनले सांसद्लाई आग्रह समेत गरेकी थिइन् ।

यस्तै कार्यक्रममा सांसद् कान्तिका सेजुवालले पनि जुम्लाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । सबैको साथ सहयोग भएमा जुम्लाको विकासमा नयाँ आयाम थप्न सकिने उनले बताइन् । कार्यक्रममा जुम्लाबाट निर्वाचित सांसद छिरिङ लामा, टेकराज पछाई र देबेन्द्र शाहीले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम लेखक तथा जुम्ला नागरिक समाजका अगुवा माधव चौलागाइ र मनऋषि धिताल लगायतले आयोजना गरेका थिए ।

ललितपुरको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा काठमाडौँमा रहेका जुम्लाका विभिन्न पेशाकर्मी, पत्रकार, कलाकार, समाजसेवी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ३६ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।