सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व संकलन « Khabarhub

सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व संकलन


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट रु तीन लाख ५० हजार राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट रु तीन लाख ४७ हजार उठाएको हो ।

उनका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ सवारी चालक कारबाहीमा परेका छन् । विभागले हरेक महिना आन्तरिकरूपमा पनि सवारी चालकले गर्ने नियम उल्लङ्घनका बारेमा अनुगमन गर्ने गरेको छ । यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजस्व हो ।

विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, सवारीसाधन मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ४६ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि