गण्डकीमा ६१ हजार मत बदर « Khabarhub

गण्डकीमा ६१ हजार मत बदर


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा समानुपातिक तर्फ ६१ हजार भन्दा बढी मत बदर भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक तर्फ ६१ हजार ३ सय ३३ मत बदर भएको हो । १० लाख ४७ हजार १ सय ३५ मत खसेकोमा ९ लाख ८५ हजार २ मत मात्रै सदर भएको आयोगले जनाएको छ । जसमध्ये ५.८६ प्रतिशत मत बदर भएको हो । 

यस्तै, प्रत्यक्ष तर्फ भने ३४ हजार १३ मत मात्रै बदर भएको छ । १० लाख ४६ हजार ७ सय २८ मत खसेकोमा १० लाख १२ हजार ७ सय १५ मत सदर भएको हो । ३.२५ प्रतिशत मत बदर भएको आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । गण्डकीमा यस निर्वाचनका लागि १८ लाख १७ हजार ५ सय ४१ मतदाता थिए । त्यसमध्ये ९ लाख ३५ हजार २ सय १ महिला र ८ लाख ८२ हजार ३ सय २९ पुरुष तथा ११ जना अन्य समुहका मतदाता थिए । 

गत निर्वाचनमा समानुपातिक तर्फ २४ वटा दलको धरौटी जफत भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । प्रत्यक्ष तर्फ १० प्रतिशत मत नकटाएका १ सय ५० जनाको पनि धरौटी जफत गरिएको छ । १ सय २५ पुरुष र २५ जना महिलाको धरौटी जफत भएको हो । 

यस्तै, निर्वाचनमा भाग लिएकामध्ये ७ वटा दलले मात्रै यहाँ थ्रेस होल्ड कटाएका छन् । कुल सदर मतको १.५ प्रतिशत मत ल्याउने दलको थ्रेस होल्ड कट्छ । तर ४ वटा दलले मात्रै सांसद पाएका छन् । एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सीट समानुपातिक सांसद पाएको हो । 

निर्वाचनमा प्रत्यक्षतर्फ २४ र समानुपातिक निर्वाचनतर्फ ३१ दलले सहभागिता जनाएका थिए । प्रत्यक्षमा २ सय ६ पुरुष र २९ महिला गरी २ सय ३५ उम्मेद्वार थिए भने समानुपातिकमा ३ सय ४४ जना उम्मेद्वार थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्षबाट र २४ जना समानुपातिक तर्फबाट निर्वाचित भएका हुन् ।

यसैबीच, उक्त प्रतिवेदन पौडेलले गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएका छन् । गुरुङले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका छन् ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ५१ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको