अफ्रिकामा बाढीका कारण एक हजार चार सय जनाको मृत्यु « Khabarhub

अफ्रिकामा बाढीका कारण एक हजार चार सय जनाको मृत्यु


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण यस क्षेत्रका २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ ।

लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा बढी घरमा क्षति पु¥याएको कार्यालयले जनाएको छ ।ओसीएचएले भनेको छ, “मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू बाढी पहिले नै उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुधिरहेका थिए ।

राष्ट्रिय र स्थानीय अधिकारीहरूले मानवीय एजेन्सीहरूको सहयोगमा प्रतिकार्यको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ११ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार