मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा « Khabarhub

मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै उनले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पारेका हुन्।

उनले मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा भएको उल्लेख गरे । उनले कुनै बेला एक्लै दुईतिहाइ बहुमत ल्याएको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्नेबित्तिकै मन्त्री बनिहाल्नुपर्छ भन्ने बेला नभएको बताए ।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए । उनले कांग्रेसले गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : १७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको