रामजीको ‘हनिमुन’मा श्रीमानश्रीमतिको झगडा « Khabarhub

रामजीको ‘हनिमुन’मा श्रीमानश्रीमतिको झगडा


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पत्रकार रामजी ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर सर्ट फिल्म ‘हनिमुन’ दर्शकमाझ ल्याएका छन् । उनकै लेखन तथा निर्देशन रहेको फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय छ ।

फिल्ममा बिहेपछि श्रीमान र श्रीमती हनिमुन मनाइरहँदा एउटा सानो असमझदारीका कारण भएको झगडालाई देखाइएको छ ।

‘केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको विगतलाई स्वीकार्नुपर्छ । तर, उनीहरुको विगतका कमी कमजोरीलाई सम्झाउँदा त्यसले दाम्पत्य जीवन तनावपूर्ण बन्छ भन्ने कुरालाई मैले फिल्ममा प्रस्तुत गरेको छु’, रामजीले भने ।

फिल्ममा विजय अर्यालको स्वर, विशाल निरौला र विजय अर्यालको संगीत, योगेश काजीको पाश्र्व संगीत तथा मिक्सिङ, राजेन्द्र मोक्तानको कलरग्रेडिङ, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा संकल्प भुजेलको छायांकन छ । फिल्म राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रामजीले यसअघि ‘डार्क मुन’,‘एक लभर’, ‘लकडाउन’ लगायतका सर्ट फिल्म निर्माण गरिसकेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १२ : १५ बजे

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब घोषणा ५ बजे हुने

चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती  

वालिङ– मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

काभ्रेपलाञ्चोक– आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ ।

विभागको आग्रह : साना नदीहरूमा बहाव बढ्न सक्छ, सतर्कता अपनाउनू

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरूको बहाव

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब