दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै « Khabarhub

दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो पाँचौँ संस्करण हो ।

पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता आगामी चैत ४ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेल सुन्दरखाली खेल मैदान र निंग्लाशैनी खेलमैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । मेयर कप विजेता टोलीले रु ७५ हजार र उपविजेता टोलीले रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । उपमेयर कप विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास रहेको नगरउपप्रमुख मीना चन्दले बताइन् ।

यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो । यस्तै चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई नौ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ३ : १५ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि