अमेरिकाको भिसा त्यागेर कृषि व्यवसायमा सफलता | Khabarhub Khabarhub

अमेरिकाको भिसा त्यागेर कृषि व्यवसायमा सफलता

‘जीवनसाथीको धैर्यताले तपाईँहरुसामु बोल्न सक्ने भएको छुँ’


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौँको कपनमा ताप्लेजुङका संगम शेर्पाको कृषि फार्म छ । जुन सामान्य लागेपनि एउटा असामान्य कृषि कर्म हो । कपनको आकाशेधारामा नमुना प्राङ्गारिक अर्गानिक फार्म सञ्चालन गरेका उनी कृषिलाई पर्यटनसँग जोड्ने रुचि भएका व्यक्तित्व पनि हुन् । कृषि उत्पादनसँगै क्याफे, रेष्टुरेन्ट लगायतका उद्यमशील कर्ममा पनि जोडिएका संगम आधुनिक बजारियालाई आफ्नो नमूना कामबाट निरन्तर सेवा र प्रेरणा दिइरहन्छन् । स्वदेशकै कृषि कर्मले विदेशी मोह समेत त्याग्ने बानी लागेका संगमको कृषि फार्म र उद्यममा विदेशी पर्यटकसमेत जोडिन आइपुग्छन् । उनलाई त्यसैले स्वर्गीय आनन्द दिन्छ । प्रकृतिपुजक बनाइरहेको छ । अनि सहरियालाई आवश्यक खाद्य र आधुनिक परिकार पस्किन पनि सहयोग गरिरहेको छ । उनको आधुनिक शैलीमा अर्गानिक कृषि कर्म सिक्न विदेशबाट समेत विद्यार्थी आउने गरेका छन् । व्‍यवसायी शेर्पाको कृषि कर्म, संघर्ष, पर्यटन प्रवद्र्धन, सम्भावना र सफलताबारे खबरहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः

कृषि फार्मबाट व्यवसाय सुरु गर्ने प्रेरणा र योजना के थियो ?

ताप्लेजुङको गाउँमा जन्मेर सानो अवसरको खोजीमा काठमाडौँमा आइपुगेपछि पर्यटनमा काम गर्न लागे । पर्यटन क्षेत्रमै लामो समयसम्म काम गरी सकेपछि नेपालको रमणीय गन्तव्यहरु छन् । जहाँ बाह्य तथा आन्तरिक पर्यटनलाई सो गन्तव्यमा पुगेपछि स्थानीय कृषकले उत्पादन गरेका चिज केही उपभोग नगरेको देखियो । यस्तै गाम्रीण भेगका जनताको नाजुक अवस्था देख्दा केही गरौँ भन्ने लाग्यो । प्राकृतिक रुपमा अथाह झरना खोला हिमाल हुदाँहुदै पनि स्थानीयले उत्पादन गरेका वस्तु पर्यटकले उपभोग नगरेको देख्दा अब आफैँले केही नयाँ आयाम थपेर काम गर्नुपर्छ भन्ने लाग्यो । फेरि मैले नगरे कसले गर्छ भन्ने भावना पनि जागृत भयो । जसका कारण विदेशीने ट्रेन चलिरहँदा अमेरिका जाने प्रस्तावलाई पनि अस्विकार गर्दै यही पेशामा फार्म स्टेयका रुपमा सञ्चालन गर्छु भन्ने अठोट लिए । पर्यटक नेपालमा आउँदा युरोपकै खाना खाने होइन । पिज्जा बर्गर लगायतका खान पाउने हुन्छ । तर उनीहरुको खोजी नेपालकै हुन्छ । त्यसमा पनि नेपाली परिकार सोही ठाउँमा बसेर उपभोग गर्न नपाउने देखे । जसले गर्दा फार्म स्टेयको अवधारणा अपनाउँदै यो व्यवसायमा आबद्ध भएको हुँ ।

अर्गानिक कृषि फार्म चलाउने सोच र लगानी जुुटाउन कत्तिको सहज भयो ?

मेरो परिप्रेक्ष्यमा चाही अप्ठ्यारो भयो । नितान्त फरक क्षेत्र थियो । जसले गर्दा सबैले विश्वास गरी हाल्ने अवस्था थिएन भने अर्कोतिर जोखिम पनि उत्तिकै थियो । अर्कोतिर कृषि क्षेत्रमा लगानी गर्नु त झन ठुलो खतरा मोल्नु थियो ।

तथापी प्राङ्गारिक कृषि अवधारणालाई आत्मसात गरिसकेपछि अब व्यावहारिक रुपमा कागजमात्रै सीमित नराखी यसलाई मैलै अगाडि बढाएपछि हुन्छ भन्ने हिसाबले लागि परे । लगानीको हकमा परिवारको लागि सानो घर बनाउँन जोहो गरेको रकम तथा बैकंबाट क्रण लिएर यो ११/१२ वर्ष अगाडि यो व्यवसाय सुरु गरेको हुँ ।

सबै आफैँले थाल्नुभयो कि कोही अरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्नु भयो ?

आफैँले नितान्त नौलौँ सोच बनाएर जग्गा भाडामा लिएर त्यहाँ वरीपरीको जगंल फाड्ने खन्ने र गोड्ने काम गर्यौ । त्यसपछि टनेल बनाउने भनौँ । काठमाडाँैमा पहिलो पटक टनेल बनाउनेमा म नै हुँ जस्तो लाग्छ । तरकारी खेतीको लागि टनेल बनाए । तर त्यो खेर गयो । कतिपय खेती धेरै पटक लगाउँदा पनि नाफा भएन । जसले गर्दा धेरै मात्रामा घाटा व्यहोर्नु परेको थियो ।

त्यस्तो कठिन परिस्थितीमा पनि कसरी अगाडि बढ्नुभयो ?

केही हदसम्म निरुसाहित भएपनि मैले एक दुई वर्षको लागि गरेको थिइन । अबको मेरो समय यही पेशालाई अगाडि बढाउने हिसाबले लागेको थिए । मैले अठोट गरेको थिए । मैले निकालेको नयाँ अवधारणामा लाग्न नेपाल सरकार लगायत सबैलाई लाग्न प्रेरित गराउँछु भन्ने सोच बनाएको थिए । यो सफल पारेर देखाउनु मेरो जिम्मेवारी हो भन्ने सोचेको थिएँ ।

आर्थिक तथा सामाजिक रुपमा धेरै चुनौतीहरु आएको थियो । मेरी जीवन सगिंनीले पनि हैन । हामी किन यसरी लागिरहेको भन्ने प्रश्न बेला बेलामा गर्थिन् । त्यति हुदाँ हुदैँ उसको धैर्यता लगनशिलताले गर्दा आज तपाइहरु सामु बोल्न पाइरहेको छु ।

कृषि फार्मसँगै रेष्टुरेन्ट, फार्म स्टेय पनि सञ्चालन गर्ने सोच चाँही कसरी बन्यो ?

मेरो अवधारण अनुसार यो फार्म स्टेय हो । जहाँ त्यही उत्पादन गरेका वस्तुलाई प्लेटमा पस्किन्छौँ । मेरोमा मैले लोकल कुखुरा टर्की खसी साथै गाई पनि पालेको छु । त्यस्तै सागसब्जी, धान लयायतका मौसम अनुसारमा हामी फलाउँछौँ, जसले गर्दा त्यहाँ आउने पाहुनाले पारिवारिक वातावरणमा हामीले उत्पादन गरेको कृषि उब्जाउ लिन पाउछन् । बेमौसमी परेको बेला चाही हामी अन्य अर्गानिक फार्मबाट ल्याएर सेवा दिइरेहका छौँ ।

कृषि फार्मसँगै रेष्टुरेन्टमा आकर्षण र व्यवस्थापन गर्न कत्तिको चुनौति छ ?

कहिलेकाँही त दिमागले काम नै गर्दैँन । एउटा सेक्टरको कामदारहरु नआउँदा सबै तिर आफुले मात्र हेर्न कठिन हुन्छ । हामी दुवै जना दम्पत्ति एउटै क्षेत्रमा लागिरहेको भएर सबै काममा निपूर्ण भएर अग्रसर हुन्छौँ । हामी पशुपंक्षी स्याहार्न घासँ काट्न कृषिको गोडमेल गर्न कुकिङ गर्न सकेसम्म आफैँ लाग्ने गछौँ । जसले गर्दा अप्ठ्यारोमा पनि सहज नै देख्छु । तर आज यो अवधारण लिएर आउने नयाँ साथीहरु चाहि लगानी भएपछि आफुले किन सबै काम गर्ने भन्ने परिपार्टीको विकास भएको देख्छु । जुन गलत जस्तो लाग्छ ।

 तपाई आफैँले त्यो कुराको अनुभव गरेपछि मात्र दक्षता हासिल गर्न सक्नुहुन्छ जस्तो लाग्छ । आज जति पनि युवा पिढी छन् । थोरै ज्यालामा काम नगर्ने घरमै बस्न चाँही रुचाउने गर्दछन् । सानो ठुलो जे भएपनि काम भनेको काम हुन्छ । त्यसले तपाइलाई दक्ष बन्न सिकाँउछ । पठाइसँगसँगै आफनो अनुभवमा पनि निखारता आउन जरुरी छ, जस्तो लाग्छ । अझ कृषि पेशामा त कोही युवा आउन नै चाहदैनन् । यो पनि गर्ने काम हो भनेको सुन्दा मन खिन्न हुन्छ ।

नेपालको कृषि पेशालाई आधुकीकरण गर्न के-को आवश्यकता देख्नुहुन्छ ?

नेपालमा आधुनिकीकरणको नाममा ठुलो क्रान्ति चाहिएको छैन । अहिले जुन युरिया मलको प्रयोग बढ्दो छ । जुन विकृतिको रुपमा देखिन्छ । यसलाई त्याग्नु पर्ने देखिन्छ । आधुकिकीकरणको नाममा खेत जोत्नको लागि हल गोरु छोड्ने हैन । टाडी खेत छ । ट्रयाक्टर लानुस । छैन भने पनि पाँच घर बराबर एक हल गोरु राख्नुस् । यस्तै बिउमा सरंक्षण गर्न सक्नुपथ्र्यो । यस्तै मौसम र आफनो गाउँको हावापानी अनुसारको कृषि उत्पादनमा पनि जोड दिनुपर्छ ।

विगत र आजको अवस्थालाई फर्केर हेर्दा कत्तिको फरक पाउनुहुन्छ ?

अवश्य नै विगतलाई फर्केर हेर्दा मजा त लाग्छ । तर त्यत्ति सुखद त थिएन । धेरै क्षेत्रमा काम गरियो । तर विगत ११ वर्षदेखि दृढ सकंल्प लिएर प्राङ्गारिक कृषि अवधारणा अन्र्तगत काम गर्दै आए । अस्ति असारमा इन्डोनेसियामा प्राङगारिक कृषि विकास अवधारणालाई प्रस्तुत गर्ने अवसर पनि पाँए । सो क्रममा मलाई मानार्थ डाक्टर उपाधि दिएर सम्मान गरियो । १० जनादेखि १२ जनासम्मलाई रोजगारीको अवसर दिन सकेको छु । यो नै सपफलता जस्तो लाग्छ । विभिन्न व्यक्ति मेरो फार्म स्टेयमा आएर उहाँहरुले सोचेको भन्दा फरक कुरा पाएर जानुहुन्छ ।

त्यसले पनि खुसी लाग्छ । विभिन्न विद्यालयबाट विद्यार्थी भाइबहिनीहरु पनि फार्म भ्रमणका लागि आउनुँहुन्छ । पारिवारिक दायित्व सँगसँगै लागेको छु । तपाईहरुसगँ जोडिन पाएको छु । यो नै ठुलो उपलब्धी लाग्छ मलाई । सम्रगमा आफनो पेशामा सन्तृष्ट छु ।

लाखौँ नेपाली युवा देशमा रोजगारी छैन भन्दै विदेशिने क्रम बढ्दो छ । उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?

म चाँही के भन्न चाहान्छु भने पसिना आफनै देशमा बगाऊ । मेरो परिप्रेक्ष भन्ने हो भने अमेरिकाको स्थायी भिसा त्यागेर नेपालमै केही गर्छु भन्ने अठोट लिएर बसेको हुँ । ठूलै लगानीको आवश्यकता पर्दैन । विदेशिन जाने क्रणले आफैँ केही गर्नुस् । सकेसम्म यही परिश्रम गर्नुस् भन्न चाहन्छु । जति पैसा लगानी गर्न सक्नु हुन्छ । आफनो घर आगँन सफा गरेर दुई चार जना बस्ने वातावरण बनाउनुहोस् । आफ्नैमा उत्पादन हुने उपजलाई पाहुनालाई पस्किने गर्नुुस् । जसले गर्दा पर्यटकले स्थानीय स्वाद पनि पाउँछन् । कृषि क्षेत्र पनि विस्तारै महत्वपूर्ण क्षेत्रका रुपमा विकास हुन आवश्यक छ । समग्र जीवनस्तर सुधार्न पनि टेवा पुग्छ । आफनै परिवारसँग बसेर यो पेशा अपनाउन सक्नुहुन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : ४१ बजे

सुन प्रकरणमा समातिएका उपाध्यक्ष महरालाई के गर्ने भन्नेमा माओवादी अनिर्णीत

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सुन प्रकरणमा पक्राउ परेका पार्टी उपाध्यक्ष

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ–  आज प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ

सुनको मूल्य बढ्यो,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

महेन्द्रनगर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या धेरै

महोत्तरी– महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघरको समस्याबाट पीडित भएको