भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सम्पन्न « Khabarhub

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सम्पन्न


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ – भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन सोमबार तालाकस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ ।

No description available.

 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो सोमबार विधिपूर्वक पूजा गरी ढालिएको हो ।

ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ ।

यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने प्रचलन रहिआएको छ । यो जात्रा सम्पन्न भइसकेपछि गःहिटिमा राखिएको भैरवनाथको रथलाई साँझ तान्न मिल्ने अवस्थामा राखिन्छ ।

यो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल हुनाका साथै शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता छ । आजको जात्रासँगै नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुन्छ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ०८ बजे

‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमा) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको

हत्या गरिएका वनपालेको टाउको भेटियो 

बरहथवा– सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको

साताको पहिलो दिन १० अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले

रञ्जु दर्शनासहित सात नेता बने रास्वपा केन्द्रीय समिति सदस्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा

जेलबाट छुटेयता रविको उपस्थितमा रास्वपाको पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बनस्थलीमा सुरू भएको