तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कसले कति जिते ? | Khabarhub Khabarhub

तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कसले कति जिते ?


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तह निर्वाचन अन्तर्गत तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। सबै भन्दा बढी स्थानीय तहमा जित निकाल्दै अहिलेसम्म नेपाली कांग्रेस पहिलो दल बनेको छ।

नेपाली काँग्रेस १ सय ७९ स्थानीय तहमा विजयी भएको छ। कांग्रेसले १ सय ३४ स्थानमा अग्रता लिएको छ।

त्यसैगरी नेकपा (एमाले) दोस्रो दल बनेको छ। उसले अहिलेसम्म १ सय १३ पालिकामा विजय प्राप्त गरेको छ। एमाले ८४ स्थानीय तहमा अगाडि छ।

८२ स्थानमा विजयी भएको नेकपा (माओवादी केन्द्र)ले ३३ स्थानमा अग्रता लिएको छ। यसरी हेर्दा अहिलेसम्म कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो हुने स्पष्ट संकेत देखिएको छ।

नेकपा (एकीकृत समाजवादी)ले ६ स्थानमा जितेको छ भने १६ स्थानमा अग्रता लिएको छ। उता जनता समाजवादी पार्टी (जसपा) ६ स्थानमा विजयी भएको छ। उसले २९ ठाउँमा अग्रता लिएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अहिलेसम्म खाता खोल्न सकेको छैन। उसले विभिन्न १० पालिकामा अग्रता लिएको छ। देशभरबाट मतपरिणाम आउनेक्रम जारी छ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : १२ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले