तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कसले कति जिते ? « Khabarhub

तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कसले कति जिते ?


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तह निर्वाचन अन्तर्गत तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। सबै भन्दा बढी स्थानीय तहमा जित निकाल्दै अहिलेसम्म नेपाली कांग्रेस पहिलो दल बनेको छ।

नेपाली काँग्रेस १ सय ७९ स्थानीय तहमा विजयी भएको छ। कांग्रेसले १ सय ३४ स्थानमा अग्रता लिएको छ।

त्यसैगरी नेकपा (एमाले) दोस्रो दल बनेको छ। उसले अहिलेसम्म १ सय १३ पालिकामा विजय प्राप्त गरेको छ। एमाले ८४ स्थानीय तहमा अगाडि छ।

८२ स्थानमा विजयी भएको नेकपा (माओवादी केन्द्र)ले ३३ स्थानमा अग्रता लिएको छ। यसरी हेर्दा अहिलेसम्म कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो हुने स्पष्ट संकेत देखिएको छ।

नेकपा (एकीकृत समाजवादी)ले ६ स्थानमा जितेको छ भने १६ स्थानमा अग्रता लिएको छ। उता जनता समाजवादी पार्टी (जसपा) ६ स्थानमा विजयी भएको छ। उसले २९ ठाउँमा अग्रता लिएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अहिलेसम्म खाता खोल्न सकेको छैन। उसले विभिन्न १० पालिकामा अग्रता लिएको छ। देशभरबाट मतपरिणाम आउनेक्रम जारी छ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : १२ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण