मुम्बई इण्डियन्समाथि हैदरावादको जित « Khabarhub

मुम्बई इण्डियन्समाथि हैदरावादको जित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ ।

मंगलबार राति हैदरावादले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाएर १९० रनमा समेटियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । यस्तै, टिम डाभिडले ४६ रन जोडे । हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । यसअघि मुम्बईमा पहिले टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गर्‍यो ।

हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रन बनाए । प्रियम गार्गले ४२ रन जोडे । मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । छैटौं जितसँगै हैदरावादले १३ खेलबाट१२ अंक जोडेर आठौं स्थानमा छ । प्रतियोगितामा दशौ हार बेहोरेको मुम्बई १३ खेलमा ६ अंक जोडेर अन्तिममा छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : १८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।