सुद्धोधनको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित | Khabarhub Khabarhub

सुद्धोधनको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल ७ हजार ९८३ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरी १ हजार ७१३ मतको अन्तरले पराजित भए । २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका चौधरीले ६ हजार २७० मत पाए ।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन् ।

पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सुद्धोधन गाउँपालिकामा २७ हजार ५ सय ७८ मतदाता रहेकोमा २१ हजार ९ सय ६१ जनाले मताधिकार प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ४१ बजे

ग्यास सिलिण्डर चुहावट हुँदा एक वृद्धा घाइते

सुरुङ्गा– ग्यास सिलिन्डर चुहावट भएर आगलागी हुँदा आज झापाको सुरुङ्गामा

टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्बिरहरू)

काठमाडौं– यही अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा हुने

म्यान्माका पूर्वराष्ट्रपति मिन्ट स्वेको निधन

एजेन्सी– म्यान्माको सेनाद्वारा नियुक्त कठपुतली राष्ट्रपति मिन्ट स्वेको बिहीबार निधन

ट्रम्पसँग कुरा गरेर आफ्नै अपमान गर्दिनँ : लुला

काठमाडौं– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी समकक्षी

‘माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा

काठमाडौं– जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनै पूर्णिमा मेलामा पुगेका