मध्यपुर थिमिमा गठबन्धनको जित, मेयरमा ज्वाइँलाई जेठानले हराए | Khabarhub Khabarhub

मध्यपुर थिमिमा गठबन्धनको जित, मेयरमा ज्वाइँलाई जेठानले हराए


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हात पारेको छ । २ वटा वडाअध्यक्ष नेकपा एमाले र एउटामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी भए ।

मध्यपुर थिमिमा प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्नै ज्वाइँ एवं निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरेका छन् । गठबन्धनकातर्फबाट उम्मेदवार बनेका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे ।

२०७४ मा मदनसुन्दरले नेपाली कांग्रेसका अष्ट कवेलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका थिए । मदनसुन्दरले १४ हजार मत पाएका थिए । यसपटक एक्लै चुनावी मैदानमा उत्रेको एमालेले मध्यपुर थिमिमा प्रमुख र उपप्रमुख दुवै गुमाउन पुग्यो ।

उपप्रमुखमा पनि गठबन्धनका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १२ हजार एक सय दुई मत ल्याई विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार आठ सय ६३ मतमा  सीमित भइन् ।

मध्यपुर थिमिको नगरसभामा गठबन्धनले करिब दुई तिहाइ सिट जितेको छ । मध्यपुर थिमिको ४७ सदस्यीय नगरसभामा गठबन्धनले २९ सिट जितेको छ भने नेकपा एमालेले १३ र नेमकिपाले ४ सिट जितेको छ ।

नेपाली कांग्रेसले नगरप्रमुख, ६ वडाअध्यक्ष र १८ जना नगरसभा सदस्यसहित महुमत सिट जितेको छ । कांग्रेसले वडा नं. १ मा वडाअध्यक्षसहित ४, वडा नं. २ मा वडाअध्यक्षसहित दुई , वडा नं. ३ मा वडाअध्यक्षसहित चार, वडा नं. ४ मा एक सदस्य, वडा नं. ५ मा वडाअध्यक्षसहित तीन, वडा नं. ६ मा वडाअध्यक्षसहित चार सदस्य जितेको हो । त्यसैगरी वडा नं. ७ मा दुई सदस्य, ८ मा एक सदस्य जितेको कांग्रेसले वडा नं. ९ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।

नेकपा माओवदी केन्द्रले उपप्रमुखसहित वडा नं. ६ मा एक र वडा नं. ९ मा एक सदस्य जितेको छ भने नेकपा एमालेले वडा नं. १ मा एक सदस्य, २ मा तीन सदस्य, वडा नं. ३ मा एक सदस्य, वडा नं. ४ मा वडाअध्यक्षसहित ४, वडा नं. ५ मा दुई सदस्य, वडा नं. ७ मा वडाअध्यक्षसहित ३ सदस्य जितेको छ ।

नेमकिपाले वडा नं. ८ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ४८ बजे

म्यान्माका पूर्वराष्ट्रपति मिन्ट स्वेको निधन

एजेन्सी– म्यान्माको सेनाद्वारा नियुक्त कठपुतली राष्ट्रपति मिन्ट स्वेको बिहीबार निधन

ट्रम्पसँग कुरा गरेर आफ्नै अपमान गर्दिनँ : लुला

काठमाडौं– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी समकक्षी

‘माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा

काठमाडौं– जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनै पूर्णिमा मेलामा पुगेका

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

दमौली– तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

रुपन्देही–३ को उपनिर्वाचनमा जनमत एक्लै लड्ने

काठमाडौं– तराई–मधेशकेन्द्रित सातदलीय दलीय मोर्चा संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध जनमत