इलामको माई नगरमा गठबन्धन हराउँदै एमाले विजयी « Khabarhub

इलामको माई नगरमा गठबन्धन हराउँदै एमाले विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ ।

एमालेका मेयरका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार धनकुमार लिम्बुलाई एक हजार ६१७ मतले पराजित गरेका हुन् ।

लिम्बुले ८ हजार १३२ मत पाउँदा  माओवादी केन्द्रका धनकुमार लिम्बुले ६ हजार ५१५ मत पाएका छन् । उपप्रमुखमा नेकपा एमालेकी हिमा भण्डारी निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका हेमबहादुर लिम्बुलाई एक हजार ५३० मतले पराजित गरेकी हुन् । उपप्रमुखमा भण्डारीले सात हजार ८७५ मत पाउँदा लिम्बुले छ हजार ३३६ मत पाएकी छन् ।

माई नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका राम बहादुर राई, २ मा नेकपा एमालेका उर्द बहादुर राई, ३ मा नेपाली कांग्रेसका देउकुमार तामाङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै, वडा नम्बर ४ मा नेकपा एमालेका हेम बहादुर लिम्बु, ५ मा एमालेका भुपेन्द्र पुर्बछाने मगर, ६ मा कांग्रेसका खड्ग सुन्दर योङहाङ, ७ मा एमालेका बुद्धिप्रसाद खनाल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नम्बर ८ मा एमालेका अमृत बहादुर मोक्तान, ९ मा एमालेका लिलाकुमार राई र १० मा पनि एमालेकै गणेश राई वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : ५६ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा