सी डिभिजनमा पुलचोकको दोस्रो जित « Khabarhub

सी डिभिजनमा पुलचोकको दोस्रो जित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक सी डिभिजन लिगमा पुलचोक स्पोर्ट्स क्लबले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बिहान भएको खेलमा पुलचोकले वीरगंज स्पोर्ट्स एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

पुलचोकको जितमा गोविन्द थापा, शाइर्‍याब लो तामाङ, सदाम मन्सुर र सागर पुनले १–१ गोल गरे । पुलचोकका जन्मजे धामी म्यान अफ द म्याच घोषित भए ।

आजको दोस्रो खेलमा प्लानिङ ब्वाईज युनाईटेड र आरसी ३२ फुटबल एकेडेमी दिउँसो पौने १ बजे आमने सामने हुनेछन् । आरसी ३२ सातौं जितको खाजीमा छ भने प्लानिङ चौथो जित निकाल्न चाहन्छ । १९ अंकसहित आरसी ३२ तालिकाको शीर्ष स्थानमा छ भने १३ अंकसहित प्लानिङ चौथो स्थानमा छ ।

आजको अन्तिम तथा तेस्रो खेलमा दिउँसो ४ बजे हुने खेलमा खालीबारी युथ फुटबल क्लब र महावीर क्लब भिड्नेछन् । दुवै खालीबारी र महावीर तेस्रो जितको खोजीमा छन् । १० अंकसहित खालीबारी सातौं स्थानमा छ भने ९ अंकसहित महावीर दशौं स्थानमा छ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : १२ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ