४४४ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक : कुन दलले कति जिते ?  « Khabarhub

४४४ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक : कुन दलले कति जिते ? 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना सकिएको छ ।

गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।

नेपाली कांग्रेसले हालसम्म २०४ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ । मतगणना सकिएकामध्ये ४५.९५ प्रतिशत पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो संख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १२८ स्थानमा विजय भइसकेका छन् । यो भनेको मतगणना सकिएका पालिकामध्ये २८.८२ प्रतिशत हो ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले हालसम्म ८६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ । हालसम्म मतगणना सकिएकामध्ये १९.३६ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार हालसम्म ७ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भएका छन् । मतगणना सकिएका कूल पालिकामध्ये १.५७ प्रतिशतमा एकीकृत समाजवादीका उम्मेदवारले जितेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ५ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । यो भनेको मतगणना सकिएकामध्ये १.१२ प्रतिशत पालिका हो ।

अन्य दल र स्वतन्त्र उम्मेदवारले १४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सकिएकामध्ये ३.१५ प्रतिशत पालिका प्रमुख तथा अध्यक्षमा अन्य र स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भने हालसम्म एउटा पालिकाको पनि प्रमुख तथा अध्यक्ष जित्न सकेको छैन ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : ४२ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद