काभ्रेपलाञ्चोकको खानीखोलामा गठबन्धन निर्वाचित « Khabarhub

काभ्रेपलाञ्चोकको खानीखोलामा गठबन्धन निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओवादी केन्द्र) का इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी भएका हुन् ।

अध्यक्ष पदमा विजयी थिङले कूल आठ हजार १४६ मतमा चार हजार ४८५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शेखर लामाले तीन हजार १५६ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्ष पदमा जिम्बाले चार हजार ३२८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रुकमेणी गुरुङले दुई हजार ९८७ मत प्राप्त गरेका छन् ।

मतपरिणामअनुसार वडा नं १ मा माओवादीका सन्तमान थिङले ५४८ मत ल्याएर विजयी भएको छ भने उनका निकटतम प्रतिस्पर्धी एमालेका आशराम गोलेले ५४७ मत प्राप्त गरेका छन्  । वडा नं २ मा कांग्रेसका दशरथ लामाले ४९८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर थिङले ४६६ मत प्राप्त गरेका छन् । वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) का सागर लामाले ५५० त प्राप्त गरे विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका जयबहादुर लुंगेली मगरले २३९ मत प्राप्त गरेका छन् । वडा नं ४ मा माओवादीकै निशान मोक्तानले ४०६ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका क्षेत्रबहादुर वाइबाले ३६४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वडा नं ५ माओवादीकै बुद्धिबहादुर स्याङ्तानले ५३३ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाप्रसाद तिमल्सिनाले ४२४ मत प्राप्त गरे । वडा नं ६ मा कांग्रेसका बृहस्पति घिसिङ ८४१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मानबहादुर गोलेले ६३१ मत प्राप्त गरे भने वडा नं ७ मा नेकपा एमाले रामबहादुर मुक्तानले ७४१ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका क्षेत्रमान घ्याबाले ७२० मत प्राप्त गरे ।

जिल्लामा हालसम्ममा दुई पालिकाको नतिजा सार्वजनिक भएकोमा कोसीपारिस्थित भुम्लु गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ ।

 अन्य पालिकाको मत गणना कार्य जारी रहेकामा धुलिखेल नगरपालिकाको भने विवादका कारण अहिले रोकिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : १२ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका