मलंगवाको मेयर र उपमेयरमा कांग्रेस विजयी « Khabarhub

मलंगवाको मेयर र उपमेयरमा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २० स्थानीय तह रहेको सर्लाहीमा १० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । 

जसमा कांग्रेसले ८ स्थानीय तहमा र माओवादी केन्द्रले २ स्थानीय तहमा विजयी हात पारेको छ । यसैक्रममा सदरमुकाम मलंगवा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

कांग्रेसबाट मेयर पदका लागि उम्मेदवारी दिएका नागेन्द्रप्रसाद यादवले ९ हजार ७८ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी साहले ४ हजार ६ सय ३९ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा कांग्रेसबाट जितेका निवर्तमान मेयर साह कांग्रेसबाट टिकट नपाएपछि जसपाबाट उम्मेदवारी दिएका थिए ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकै उम्मेदवार शकुन्तलादेवी साह ५ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकै पानोदेवीले ५ हजार १ सय ३९ मत मात्र प्राप्त गरिन् । उपमेयरमा शकुन्तलादेवी मात्र ४ मतले विजयी भएकी हुन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : १४ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा