हङ्गेरीकी राष्ट्रपति पोल्याण्ड भ्रमणमा « Khabarhub

हङ्गेरीकी राष्ट्रपति पोल्याण्ड भ्रमणमा


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङ्गेरीकी नवनिर्वाचित राष्ट्रपति कटालिन नोभाकको पहिलो विदेश भ्रमणका क्रममा पोल्याण्ड पुगेकी छिन् ।

दुई देशको सम्बन्धलाई थप बलियो बनाउन भन्दै उनले मङ्लबारदेखि पोल्याण्डको भ्रमण सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

आफ्ना समकक्षी तथा पोल्याण्डका राष्ट्रपति अन्द्रेई डुडाको निमन्त्रणामा उनले औपचारिक भ्रमण गरेको जनाइएको छ । भ्रमणका क्रममा हङ्गेरीकी राष्ट्रपति नोभाकले पोल्याण्डका प्रधानमन्त्री मातियस मोरावेस्कीसँग पनि भेटवार्ता गरेकी छिन् ।

राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको तीन दिनपछि नै उनले विदेश भ्रमण सुरु गरेकी हुन् ।

पोल्याण्डका राष्ट्रपति डुडासँगको संयुक्त पत्रकार सम्मेलनमा नोभाकले भनिन्, ‘पोल्याण्ड र हङ्गेरीको सम्बन्धलाई विषेश महत्व दिँदै थप बलियो बनाउने उद्देश्यले मेरो सबैभन्दा पहिलो वैदेशिक भ्रमण पोल्याण्डबाट गरेकी हुँ ।’

दुई देशका विचमा भएका कतिपय असमझदारीहरुलाई पनि आपसी छलफलबाट समाधान गर्न सकिनेमा उनले जोड दिएकी छिन् ।

परम्परागत साझेदारहरु हङ्गेरी र पोल्याण्डबीच पछिल्लो समय  धेरै विषयमा मतान्तर रहँदै आएका छन् । पछिल्लो समय युक्रेनमाथी रुसले गरेको आक्रमणको विषयमा पनि दुई देश दुई विपरित कित्तामा उभिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ०७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन