कैलाली पुगेर प्रधानमन्त्री देउवाले भने- ‘गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौँ’  « Khabarhub

कैलाली पुगेर प्रधानमन्त्री देउवाले भने- ‘गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौँ’ 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् ।

शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट निर्णय गरेर निर्माण कार्य अघि बढाइने बताए । ‘यसअघि त्यस विषयमा यहाँबाट आवाज उठेको थिएन,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले सबैको एउटै माग रहेको पाएँ, अब चाँडै सुदूरपश्चिमवासीको माग सम्बोधन हुने गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्छु।’

उनले कैलालीसँग जोडिएको गौरिफण्टा नाकाको अधिकार कैलाली प्रशासनले पाउने गरी निर्णय गरिनेसमेत सुनाए । गौरिफण्टा नाका व्यवस्थापनको अधिकार कञ्चनपुरलाई हुँदा यहाँका नागरिकलाई समस्या भएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले नागरिकलाई सहज हुने गरी गौरिफण्टाको अधिकार कैलालीलाई दिन गृह मन्त्रालयलाई निर्देशन दिने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासले गति लिएको पनि दोहोर्‍याए। ‘म एसएलसी दिएर काठमाडौँ पढ्न जाँदा भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो,’ देउवाले भने, ‘अहिले कर्णालीमा पुल बनेको छ, राष्ट्रिय निकुञ्जमा २४ घण्टा ओहोर दोहोर गर्ने वातावरण बनेको छ, जतिबेला पनि प्लेन उडेको छ, यो यहाँका लागि ठुलो विकास हो, तर नागरिकका चाहना बढ्दै जानु पनि स्वाभाविक हो ।’

धनगढी उप महानगरपालिकालाई सुन्दर बनाउन खोलानालाको अतिक्रमण हटाइनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ४३ बजे

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र

सिंहदरबारभित्र बस्दै राष्ट्रिय सभाको बैठक, यस्तो छ तयारी (तस्बिरहरू)

काठमाडौं– भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय