कैलालीका पालिका नगर तथा गाउँसभाको तयारीमा « Khabarhub

कैलालीका पालिका नगर तथा गाउँसभाको तयारीमा


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेका छन् । 

कैलालीका पालिकाहरू असार १० भित्र सुरु गर्नुपर्ने नगर तथा गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनमा जुटेका छन् । पालिका वडा स्तरबाट योजना ल्याउन विभिन्न टोल तथा बस्तीमा जनप्रतिनिधि तथा कर्मचारी गइरहेका छन् ।

कैलालीको जानकी गाउँपालिकाले बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरिरहेको छ । जानकीमा यही असार ७ र ८ गते गाउँसभा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले जानकारी दिए। ‘गाउँबस्ती तहबाट योजना छनोटको काम भएको छ ।

योजनाअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बसेर बजेटको सीमा निर्धारण गरेर कार्यक्रम ल्याएका छौँ’, अध्यक्ष चौधरीले भने, ‘विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाको सुझाव सङ्कलन, राजस्व परामर्श समितिको बैठकमा छलफल गर्नुका साथै बजेट, कार्यक्रम तथा योजना तर्जुमा समितिको बैठकमा छलफल गरी गाउँ सभाको तयारीमा जुटेका छौँ ।’

अध्यक्ष चौधरीले समयमै सभा गर्ने तयारीमा आफूहरू व्यस्त रहेको बताए । ‘हामीले वडास्तरमा जनप्रतिनिधिलाई साना–साना समूह बनाएर टोलटोलमा पठायौँ, जसले सबैका माग सम्बोधन गर्न सहज होस् भन्ने सबैसँग छलफल गर्ने समय मिल्यो’, उनी भन्छन् ,’यसपटक शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ ।’

टीकापुर नगरपालिकाले पनि नगरसभाको तयारी सुरु गरेको छ । असार १० गते नगरसभा गर्ने तयारीमा जुटेको नगरपालिकाले असार ५ गतेभित्र बजेट, कार्यक्रम तथा योजना तर्जुमा समितिमा योजना छनोट गरी पठाइसक्न वडा कार्यालयलाई निर्देशन दिएको छ । त्यसैअनुरूप विभिन्न छलफल लगायतका कार्य भइरहेका नगर प्रमुख रामलाल डगौरा थारू बताउँछन् । ‘हामीले विभिन्न क्षेत्रलाई समेट्ने गरी फरक ढङ्गबाट बजेट ल्याउने तयारी गरेका छौँ’, नगर प्रमुख थारूले भने, ‘सबै क्षेत्रका सरोकारवालासँग छलफल थालेका छौँ, विभिन्न चरणबद्ध छलफल, विषयगत समितिमा छलफल, यहाँका विज्ञसँग घनिभूत छलफलपछि नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।’

नगर प्रमुख थारु टीकापुरले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन्’, उनी भन्छन्,’बजेट तथा कार्यक्रम ल्याउँदा नगरको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।’

कैलालीकै भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले पनि असार १० भित्रै सभा सुरु गर्ने गरी काम थालेका बताएका छन् । जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी असार १० भित्रै सभा सुरु गर्ने गरी बस्तीस्तरमा योजना छनोट, विभिन्न क्षेत्रसँग छलफलका काम भइरहेका बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ३६ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का