रुपन्देही जिसस प्रमुखमा गठबन्धनका चपाई विजयी | Khabarhub Khabarhub

रुपन्देही जिसस प्रमुखमा गठबन्धनका चपाई विजयी


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन् । भैरहवामा शनिवार सम्पन्न निर्वाचनमा गठबन्धन प्यानलबाट नेपाली कांग्रेसका चपाई उम्मेदवार बनेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत ल्याएको निर्वाचन सहायक अधिकृत गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९, लोसपाका मुकेशकुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ०२ बजे

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

काठमाडौं– दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा

हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं– सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका