न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर « Khabarhub

न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको कोसी गाउँपालिका–१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आएका छन् । उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन् । मरिकले सोचेअनुसारको आम्दानी गर्न सकेका थिएनन् ।  

बङ्गुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ । तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन । ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ । केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र स्याहारसुसारमा समय लाग्ने गरेकाले ललिता पाल्ने न पाल्ने भन्ने दोधारमा हुन्थे । पछिल्लो समय भने उन्नत जातको बङ्गुरपालनबाट सोचेकोभन्दा बढी आम्दानी हुने आशले उनी यसमा कम्मर कसेर लागेका छन्  ।

त्यसैगरी कोसी गाउँपालिका–५ की महावती सदाले पनि बाख्रापालन गर्दै आएका थिए । कोसी कटान क्षेत्रमा अधिकांश खेत बगर रहेका कारणले सदाले स्थानीय जातको बाख्रापालन गर्दै आएका थिए । बाख्रापालन गर्दा लाग्ने खर्च र मेहनतअनुसारको परिश्रम पाउन कठिनाइ हुँदै आएपछि उनी समस्यामा छन् । 

स्थानीय जातको बाख्रापालन गर्दा औषधि उपचार, घाँस, स्याहारसुसार गर्दा खर्च र मेहनत निकै लाग्ने गरेको भए पनि सोअनुसारको आम्दानी नहुँदा के गर्ने भने समस्याले सदा परिवारलाई पिरोलिरहेको छ । कोसी गाउँपालिका–५ की रुवि सदाको अवस्था पनि  ललिताकोभन्दा कम थिएन । स्थानीय जातको बाख्राले खासै आम्दानी नदिएपछि उनी अन्य पेशाको खोजीमा थिए । 

पछिल्लो समय कोसी गाउँपालिकाले उन्नत जातको बङ्गुर र बाख्रा दिएपछि अहिले त्यस क्षेत्रका न्यून आय भएका परिवार खुसी छन् । पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत कोसी गाउँपालिका–१ का २५ परिवारलाई उन्नत जातको बङ्गुर र कोसी–५ स्थित प्रभाकर टोलका २२ सदा र मरिक समुदायका किसानलाई बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले  जानकारी दिए । 

तालिम प्राप्तसमेत गरेका उनीहरूले उन्नत जातको बाख्रा र बङ्गुर पाएपछि आम्दानी हुने उद्देश्यका साथ लागिपरेका छन् । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने योजनाअनुसार बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । ‘अध्यक्ष कृषि आधुनिकीकरण योजना’ बाट ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्न सहयोग पुगेको उनको भनाइ छ । 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ५९ बजे

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा