युद्ध पीडित सुन्दरीको कठिन बेलायत यात्रा | Khabarhub Khabarhub

युद्ध पीडित सुन्दरीको कठिन बेलायत यात्रा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपियाको टिग्रे क्षेत्र पछिल्लो समय युद्धले ग्रस्त छ। त्यसै क्षेत्रकी सुन्दरी सेलामाविट टकल बहुतै कष्टसँग इङ्गगिस च्यानल पार गरेर बेलायतमा शरणार्थी जीवन बिताउन पुगेकी थिइन्। उनले त्यहाँ पुग्ने क्रममा भोगेको कष्टप्रद यात्राको वर्णन गरेकी छन्। गत वर्ष कोचाकोच भएको डुङ्गा चढेर च्यानल पार गर्नु अगाडि सेलामाविट फ्रान्स पुगेकी थिइन्।

सन् २०२० देखि टिग्रे गृह युद्धको पीडामा छ। दैनिक हुने सामूहिक हत्या र बलात्कारका घटनाले त्यहाँको जीवन असुरक्षित बनेको छ। संयुक्त राष्ट्र संघले त त्यहाँको जीवन नारकीय भएको बताएको छ। हरेक किशोरी असुरक्षित हुने भएपछि सेलामाविटले पनि जस्तो सुकै कष्ट सहेर भए पनि शरणार्थी जीवन बिताउने निर्णय गरेकी हुन्।

‘थुप्रै टिग्रेली दाजुभाइ पानीमा खसेर जिन्दगी गुमाएको समाचार सुने पनि मैले हिम्मतका साथ बेलायत जाने निर्णय गरेकी थिएँ। म मुस्किलले बाँचेकी थिएँ। २०२१ को नोभेम्बर मेरो जीवनको बिर्सन नसकिने दिन हो’, आफ्नो बेलायत यात्राका बारे उनले भनिन्।

सन् २०२० देखि टिग्रे गृह युद्धको पीडामा छ। दैनिक हुने सामूहिक हत्या र बलात्कारका घटनाले त्यहाँको जीवन असुरक्षित बनेको छ।

उनीहरूले सुरुमा फ्रान्सको छेवैमा बिताएका थिए। कालीयसमा रहेको झाडीमा नै उनीहरूले दुई साता बिताए। कठ्याङ्ग्रिने जाडो थियो। खानका लागि केही पनि थिएन। पिउने पानी पनि थिएन। साँच्चै त्यो अवस्था कहालीलाग्दो थियो।

एक थरी तस्करको जमात त्यहाँ सक्रिय छ। अवैध ढङ्गबाट सीमा पार गराउने काम उनीहरूले गर्छन्। प्रहरीबाट बच्न उनीहरू रातमा आएका थिए। उनीहरू पैसाको मोल मोलाइ गरेर गए। सुरुवातमै केही टिग्रेबासी पानीमा जाने बित्तिकै डुङा नै डुबेको थियो । धन्न, लाइफ गार्डले उनीहरूलाई बचायो।

त्यो समाचार सुनेपछि सेलामाविट पनि आत्तिएकी थिइन्। तर, उनी यस्तो अवस्थामा आइपुगेकी थिइन् कि उनका लागि अर्को कुनै विकल्प नै थिएन। पैसाको मोलमोलाई मिलेको केही दिनपछि उनीहरू त्यहाँबाट बेलायततर्फ लागेका थिए। मौसम एकदमै चिसो थियो भने समुद्रको छाल पनि खतरनाक देखिन्थ्यो।

‘हामी त्यहाँका तस्करले भने अनुसार मात्र गर्न बाध्य थियौँ। यसै बाध्यताका माझ पनि सुरक्षित भविष्यको कल्पनासहित हामीले बेलायतका लागि यात्रा सुरु गरेका थियौँ। यो हाम्रो सामान्य यात्रा थिएन। सबै कुरा अस्पष्ट थियो। अन्धकार नै अन्धकार’, उनले भनिन्।

प्रहरीबाट बच्न उनीहरू रातमा आएका थिए। उनीहरू पैसाको मोल मोलाइ गरेर गए। सुरुवातमै केही टिग्रेबासी पानीमा जाने बित्तिकै डुङा नै डुबेको थियो । धन्न, लाइफ गार्डले उनीहरूलाई बचायो।

उनीहरूको यात्राकै क्रममा अकस्मात् डुङ्गाको इन्जिन समुद्रमा खसेको थियो। त्यहाँ भएका एक अरबीपन व्यक्ति त्यो झिक्नका लागि पानीमा हाम फालेका थिए। उनले त्यो इन्जिन पाउन सकेनन्। त्यसपछि टिग्रेन मध्यबाट पनि एक पुरुष हाम फाले। उनले पनि त्यो पाउन सकेनन्। ती पुरुष चिच्याइरहेका थिए। कसैले उनलाई पाउनै सकेन। ती इथियोपियालीलाई बचाउन लाइफ गार्डलाई कल गरे पनि तीन घण्टापछि मात्र उनीहरू पुगेका थिए। हेर्दाहेर्दै आफ्नै आँखा अगाडि दाजु समानका एक युवालाई गुमाएको दृश्य सेमालीविटले कहिल्यै पनि बिर्सन सक्दिनन्। ती अरब पुरुष भने भाग्यमानी ठहरिएका थिए। उनी मुस्किलले त्यहाँ आइ पुगेका थिए।

डुङ्गामा बसेको समयमा नै उनलाई बारम्बार आफूले गरेको निर्णय गलत लागि रहेको थियो। त्यसको चार दिनपछि उनीहरू बेलायत पुगेका थिए। बेलायत पुगेपछि उनले अर्को दुःखद समाचार सुनेकी थिइन्। उनी पछि अर्को एउटा समूह त्यहाँ जाने प्रयास गरेको रहेछ। ती सबै जना डुबेको समाचार पनि उनले थाहा पाइन्। यसले ती किशोरी सुन्दरीलाई अझ बढी छटपटी दिलायो। उनकै उमेरका दुई किशोरीको ज्यान गएछ। एक जनाको घर त सेलामाविटकै गाउँ मेकेलेमा थियो।

‘म मेरै लागि रोएँ। म इथियोपियाका बासिन्दाका लागि रोएँ। मे मेरा अभिभावकका लागि रोएँ। म यसरी यहाँ आइपुगेको कुरा मेरा अभिभावकलाई पक्कै थाहा छैन’, भावुक हुँदै सेमालीविटले भनिन्। यात्रा सुरु गर्दा उनले टिग्रेको जीवन भन्दा त्यहाँको यात्रा कठिन हुने अनुमान कहिले पनि गरेकी थिइनन्। उनका लागि घर फर्कनु पनि कम्ती सकस थिएन। यस्तो कष्ट र सकस त उनको कल्पना भन्दा बाहिरको कुरा थियो।

‘म मेरै लागि रोएँ। म इथियोपियाका बासिन्दाका लागि रोएँ। मे मेरा अभिभावकका लागि रोएँ। म यसरी यहाँ आइपुगेको कुरा मेरा अभिभावकलाई पक्कै थाहा छैन ।’

उनले कहिल्यै पनि घर छाड्ने कुरा सोचेको थिइनन्। उनलाई त्यस कुरामा रुची पनि थिएन। सुन्दरी प्रतियोगितामा धेरै पटक विदेश पुगेकी उनी बारम्बार त्यहाँबाट फर्किएकी थिइन्। मेकेलेमा उनको आफ्नै व्यवसाय थियो। उनी परम्परागत र आधुनिक खालको लुगाको डिजाइन गरेर व्यापार गर्ने गरेकी थिइन्। युद्ध सुरु भएपछि टिग्रेबासीले धेरै कुरा गुमाए। महिला माथिको बलात्कार र वर्णन गर्न नै नसक्ने यातनाको घटना त्यहाँ हुन थालेका थिए। बैङ्क खाता निष्कृय गराइएपछि धेरैले त्यहाँबाट पैसा झिक्न पाएनन्।

विस्थापित हुनु र कष्टपूर्ण जीवनका कारण आफैलाई धिक्कार्नु टिग्रेका लागि सामान्य बनी सकेका थिए। उनका लागि त आफूमाथि बलात्कार नहुनु नै भाग्य थियो। तर, धेरै पटक शारिरिक आक्रमण भएर धेरै चोटपटक बोकेकी थिइन्।

युद्धको सुरुवात भएपछि टिग्रेमा बमवारी पनि त्यत्तिकै भएको थियो। उनीहरूको परिवार सहर छाडेर गाउँ गएका थिए। तीनका काकाले भने अक्सम सहरमा भएको एक बमवारिमा परेर नै जीवन गुमाएका थिए। ती काकाले जीवन गुमाएपछि नै उनले इथियोपिया छाड्न निर्णय गरेकी थिइन्। उनले बाहिर शान्ति त देखिनन्। मन भित्रको शान्ति पनि गुमाइन्। त्यहाँ सबै ठिक भइ हाले पनि उनको मनले आनन्द पाउन सक्ने अवस्था थिएन।

१६ वर्षको उमेरमा उनी पहिलो पटक गाउँमै भएको सुन्दरी प्रतियोगितामा सहभागी भएकी थिइन्। सन् २०१५ मा भने उनी मिस वर्ल्ड इथियोपियामा सहभागी भएकी थिइन्।

त्यसो त सेलामाविट अभिभावककी एक्ली छोरी हुन्। बालापन, आफैले लुगा सिलाएको र धेरै पटक आमाको लुगा लगाएका लगायत अनेकन् यादले बेलायत बस्दा पनि उनलाई नसताउने होइन। उनले मोडल बन्ने निर्णय गरेपछि अभिभावकले पढाइमा मात्र ध्यान दिन प्रेरित गरेका थिए। उनको मोडलिङ प्रतिको लालसामा भने कहिल्यै पनि कमी आएन।

१६ वर्षको उमेरमा उनी पहिलो पटक गाउँमै भएको सुन्दरी प्रतियोगितामा सहभागी भएकी थिइन्। सन् २०१५ मा भने उनी मिस वर्ल्ड इथियोपियामा सहभागी भएकी थिइन्।

सन् २०१७ मा भियतनाममा मिस ग्रान्ड इन्टरनेसनलको आयोजना हुने उनले जानकारी पाएकी थिइन्। उनले आफ्नो देशको प्रतिनिधित्व गरेर सहभागिता जनाएको पहिलो अन्तर्राष्ट्रिय ब्युटी कन्टेस्ट थियो। त्यसै कन्टेस्टमा केही ट्रफी जितेपछि उनका लागि नयाँ सम्भावनाका ढोका खुलेका थिए।

सन् २०१८ मा उनी दक्षिण कोरियामा भएको मिस ब्युटी एन्ड ट्यालेन्टमा सहभागी भएकी थिइन्। सन् २०१९ मा चीनमा भएको स्पेसल स्किल कन्टेस्टमा उनले सहभागिता जनाएकी थिइन्। सुन्दर भविष्यको सपना देख्ने गरेकी उनका यी सारा सपना गृहयुद्धसँगै चकनाचुर भए।

बेलायतमा शरणार्थी जीवन बिताइ रहेकी उनलाई सुरुमा होटेलमा स्वागत गरियो भने पछि अर्को घरमा सेयर गर्ने गरी राखियो। सबै कानुनी प्रक्रिया पुरा नभएसम्म उनलाई काममा जाने छुट छैन। त्यो अवधिसम्म खानका लागि पैसा उपलब्ध गराइएको छ।

सबै कुरा सपना जस्तै लागेको छ। कल्पना नगरेको कुरा भइरहेको छ। यी सबै सपना जस्तै लागि रहेको छ। अहिले बेलायत सरकारले शरणार्थी जीवन बिताउने चाहने केही पुरुषलाई रुवान्डामा नै फिर्ता पठाएको छ। यसले उनीहरूलाई पनि निराश नबनाएको त पक्कै होइन। यी सबै कारणले त्यहाँ बस्नेले पनि अस्थिर भएर जीवन बिताइ रहेका छन्। तथापि उनीहरूका लागि अब अर्को विकल्प पनि त छैन। स्रोत : बीबीसी

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : ४८ बजे

अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा

आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा