राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा श्रीलंकामा संकटकाल घोषणा « Khabarhub

राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा श्रीलंकामा संकटकाल घोषणा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गरेका छन् । आइतबार राति जारी गरिएको सरकारी सूचनामा देशमा संकटकाल घोषणा गरिएको हो ।

आर्थिक संकटबीच विक्रमासिंघेले पछिल्लो निर्णय गरेका हुन् । राष्ट्रपतिको निर्वाचनको पूर्व सन्ध्यामा संकटकाल घोषणा गरिएको हो । २० जुलाईमा राष्ट्रपति निर्वाचन आयोजना हुँदैछ । पछिल्लो समयमा श्रीलंका अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ । संकटका कारण औषधि, इन्धन र खाद्यान्नको तीव्र अभाव छ ।

देशमा यसै साता ठूलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे र विक्रमासिंघेको सरकारी निवासमा तोडफोड गरेका थिए । राजापाक्षेले देश छंोडेर गएपछि विक्रमासिंघे कार्यबहाक राष्ट्रपति बनेका थिए ।

श्रीलंकाको वर्तमान अवस्थाका लागि पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले कुप्रबन्धनलाई मुख्य दोष दिइएको छ । राजापाक्षेलाई हटाउनको लागि मुख्यतया फेसबुक, ट्विटर र टिकटक पोस्टमार्फत विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनप्रति ठूलो संख्यामा मानिसहरू आकर्षित भएका थिए ।

अल्पसंख्यक तमिल र मुस्लिम बहुसंख्यक सिंहालीहरू राजापाक्षेलाई हटाउने आन्दोलनमा सामेल भएका थिए । हजारौं मानिसहरूले राजापाक्षको कार्यालय अगाडि शिविर खडा गरे । श्रीलंकाको संविधानअनुसार राजापाक्षेको राजीनामापछि प्रधानमन्त्री रनिल विक्रमासिंघे स्वतः कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : ०९ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी