विपद् व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने « Khabarhub

विपद् व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने भएको छ ।

इ–लर्निङ प्लेटफर्म मार्फत विपद्का विषयमा आधारभूत जानकारी उपलब्ध गराइने प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताएका छन् ।

इलर्निङ्ग प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुई वटा पाठ्यक्रम समावेश गरिएको छ ।

विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमभित्र चार वटा सत्र राखिएका छन् । लैङ्गिक समानता सम्बन्धी पाठ्यक्रमभित्र तीन वटा सत्र राखिएका छन् ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव डा. भट्टराईले आगामी दिनमा यसलाई थप परिष्कृत गर्दै लैजाने प्राधिकरणको उद्देश्य रहेको बताए ।

विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाहरूका लागि यो प्लेटफर्म उपयोगी हुने प्रवक्ता डा. भट्टराईको भनाई छ ।

इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रूपमा पहुँच पुर्‍याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपद्बारे बुझ्न मद्दत गर्ने प्राधिकरणको विश्वास छ ।

इलर्निङ्ग प्लेटफर्म प्राधिकरणले योङ्ग इनोभेसन र सम्बन्धित विषय विज्ञहरू वंशीकुमार आचार्य, राजकुमार त्रिखत्री र श्यामसुन्दर ज्ञवालीको सहकार्यमा तयार गरिरहेको हो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : ४७ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि