बस र अटो एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु « Khabarhub

बस र अटो एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान ठक्कर दिँदा अटोमा सवार चारमध्ये तीन जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही–२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुङ्गेली मगर र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

सोही घटनामा लुङ्गेलीकी श्रीमती सविना लुङ्गेली गम्भीर घाइते भएको तथा दुवै खुट्टामा चोट लागेकाले थप उपचारका लागि न्युरो अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले जानकारी दिए ।

दुर्घटनापछि बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरेको उनले बताए । 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १ : ४९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२