एक सय शय्याको आयुर्वेद अस्पताल निर्माण प्रक्रिया सुरु « Khabarhub

 एक सय शय्याको आयुर्वेद अस्पताल निर्माण प्रक्रिया सुरु


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ । सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरूप यहाँ अस्पताल बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो भवन भरतपुरस्थित सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गर्दै छ । कार्यालयका प्रमुख ई प्रकाश अर्यालका अनुसार भवनका लागि ५५ करोडको बजेटसहित बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ ।

 कार्यालयले नक्शाङ्कनको काम अघि बढाइसकेको र तीन/चार महिनामा नक्शा बनाएर निर्माणका लागि बोलपत्र आह्वान गरिँदै छ । राष्ट्रिय भवन संहिताअनुसार स्वास्थ्य मन्त्रालयको मापदण्ड बमोजिम आधुनिक र आकर्षक अस्पताल भवन बनाइने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा कोपिला अधिकारीले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीलगयात वैकल्पिक चिकित्सा पद्दतिलाई एउटै छातामुनी सञ्चालन गर्ने गरी अस्पताल बनाउन लागिएको बताए । नेपालमा काठमाडौँको नरदेवीमा एक सय शय्या र सुदूरपश्चिममा ५० शय्याको अस्पताल सञ्चालनमा छन् ।

अन्य प्रदेशमा भन्दा यहाँ छिटो काम हुन लागेको उनले जानकारी दिए । सोही ठाउँमा ३०० शय्याको शिक्षण अस्पतालसमेत बन्दै छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आयुर्वेदिक अस्पताललाई आवश्यक जग्गा उपलब्ध गराइसकिएको बताए । ‘जिल्लामा अन्य उपचारसँगै आयुर्वेद उपचारमा यो अस्पताल महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ’, उनले भने ‘वैकल्पिक चिकित्सा पद्दतिलाई एउटै छातामुनी सञ्चालन गर्नेगरी अस्पताल निर्माण गर्न लागिएको हो । आयुर्वेद अस्पताल निर्माणका लागि महानगरले पहल गरेको थियो ।’ 

‘सरकारी र निजी स्वास्थ्य संस्था यहाँ स्थापना र प्रवर्द्धनका लागि महानगरपालिकाले भूमिका निर्वाह गर्दै आएको र केही वर्षभित्रै भरतपुर देशभरका बिरामीको उपचारको केन्द्र बन्दै छ ।’ उनले महानगरप्रमुख दाहालले भने ‘भरतपुर अन्य क्षेत्रसँगै स्वास्थ्य पर्यटनको केन्द्र बन्दैछ । यसको व्यवस्थापनका लागि  महानगरले काम गरिरहेको छ ।’ अहिले क्यान्सर अस्पतालले देशैभरका बिरामीलाई सेवा दिएको र शिक्षण अस्पताल बनेसँगै सोही अनुरूपमा देशभरका शिक्षकले सेवा पाउने अपेक्षा गरिएको छ ।

भरतपुरमा संघीय भरतपुर अस्पताल, क्यान्सर अस्पताल, दुई वटा मेडिकल कलेज, २४ भन्दा बढी साना ठूला अस्पताल, आँखा अस्पताल, औषधि उद्योग सञ्चालनमा छन् । निजी क्षेत्रका दुईवटा क्यान्सर अस्पताल, शिक्षण अस्पताललगायत निर्माणको प्रक्रियामा रहेका छन् । राजधानी बाहिर सबैभन्दा बढी स्वास्थ्य सेवा दिने ठाउँको रुपमा भरतपुरलाई लिने गरिन्छ । यकिन तथ्यांक नभए पनि वार्षिक रु २० लाख हाराहारीले यहाँबाट सेवा लिने गरेको अनुमान गरिएको छ । भारतीय  सीमा क्षेत्र र नेपालभरीबाट यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ३ : ४७ बजे

रुसको भीषण हवाई आक्रमणमा २२ जनाको मृत्यु, १३८ घाइते

किएभ – रुसले रातभर युक्रेनका विभिन्न सहरमा गरेको व्यापक हवाई आक्रमणमा

संविधानसँग सम्बन्धित सम्झौताको अध्ययनमा कार्यदल

काठमाडौं– संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र मिसाइल हमला, कयौँ मानिस घाइते

तेहरान- अमेरिकासँग तनाव बढ्दै जाँदा इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

झापा– कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा

रिसाउँदै ओलीले भने : के-को सम्पत्ति विवरण ? खरानी उठाएर सरकारले लैजाओस्

काठमाडौं– निर्वाचनपछि पहिलो पटक सार्वजनिक भएका एमाले अध्यक्ष केपी शर्मा