काबुलको मस्जिदमा गराइएको बम आक्रमणको तालिबानद्वारा निन्दा « Khabarhub

काबुलको मस्जिदमा गराइएको बम आक्रमणको तालिबानद्वारा निन्दा


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको बम आक्रमणको निन्दा गरेको छ ।

अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिनमा भएको बम विस्फोटमा परी २१ जनाको ज्यान गएको छ । बुधबार साँझ प्रार्थनाका क्रममा गराइएको सो विस्फेटमा परी अरु ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहउल्लाह मुजाहिदले एक ट्वीटमार्फत बताएका अफगानिस्तानबाट प्रसारण हुने टोलो न्युज समाचार च्यानलले जनाएको छ ।

साँझको प्रार्थनाका समयमा सो मस्जिदको परिसरमा सो भएको आक्राणबाट घाइते भएका ४० जनालाई अस्पताल पु¥याइएको जनाइएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने समेत अनुमान गरिएको छ ।

तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ ।

अफगानिस्तानका स्थानीय समाचार संस्थाहरुका अनुसार तालिबानले हताहतीबारे कुनै वक्तव्य जारी गरेको छैन । विस्फोटको अहिलेसम्म कुनै पनि आतङ्कवादी समूहले जिम्मेवारी लिएको छैन । यस आक्रमणमा मारिनेमा अमिर मोहम्मद काबुली नामका एक शीर्ष इस्लामिक धर्मगुरु पनि छन् ।

दुई साताअघि काबुलमा भएका दुईवटा घातक विस्फोटमा दश जनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएका थिए । आतङ्कवादी संगठन इस्लामिक स्टेटले दुबै आक्रमणको जिम्मेवारी लिएको थियो ।

अफगानिस्तानमा तालिबान शासनको एक वर्षको पुगेको यस अवधिमा आक्रमण भएको छ । प्रत्यक्षदर्शीहरुले सो आक्रमण आत्मघातीहरुले गराएका बताएका छन् ।

यसैबीच, अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने धेरै प्रतिज्ञाहरू तोडेको बताएका छन् ।

न्यूयोर्कमा रहेको अधिकार समूहले आफ्नो प्रतिवेदनमा तालिबान गरेको मानवअधिकार उल्लघङ्नको व्यापक निन्दा गरेको र देशको डरलाग्दो मानवीय अवस्थालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई अवरोध गरेको बताएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ५४ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन