‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ संशोधन गर्नुपर्ने माग « Khabarhub

‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ संशोधन गर्नुपर्ने माग


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भेटेरेनरी एशोसिएशनले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ मा भएका त्रुटिहरू संशोधन गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले आज पत्रकार सम्मेलन गरी गत साउन ३१ गते संसद्ले पारित गरेको सो विधेयकमा भएका त्रुटिहरू संशोधन गरेर मात्र अघि बढाउनुपर्ने माग गरेको हो ।

एशोसिएशनका कार्यवाहक अध्यक्ष प्रा डा कृष्णभक्त काफ्लेले आफूहरूले उठाएका मागप्रति वेवास्ता गर्दै संसद्मा उक्त विधेयक पेश गरेर पारित गरिएको भन्दै संशोधन गर्नुपर्ने माग गरे । उनले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले समेत आफूहरूले उठाएका न्यूनतम जायज मागलाई बेवास्ता गरेको गुनासो गरे । गत साउन २२ मा प्रतिनिधिसभामा उक्त विधेयक पेश भएको थियो ।

पशु स्वास्थ्य पशुसँग मात्र नभई मानिससँग पनि जोडिएकाले त्यसले विभिन्न प्रकोप, रोगव्याधी ल्याउन सक्ने उनको भनाइ थियो । एशोसिएसनले आफ्नो माग पूरा नभए सङ्घर्ष गर्ने पनि जनाएको छ । सङ्घर्षका कार्यक्रमअन्तर्गत भदौ ३, ४ र ५ गते काठमाडौँ केन्द्रित भेला गर्ने, अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला गर्ने, भेटेरेनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभागअन्तर्गतका स्कुलहरूमा अनिश्चितकालीनरूपमा अध्ययन–अध्यापन बन्द गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : ३२ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्